भुलभुलेमा पर्यटकको संख्या बढ्यो

  • प्रकाशित मितिः कार्तिक ७, २०७५
  • 1398 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेमा पर्यटकको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न संरचना निर्माणपछि हेर्न लायक बनेको भुलभुलेमा दैनिक दुई–अढाई सय पर्यटक आउने गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार छोटो समयमै भुलभुलेले पर्यटक तान्न थालेको छ । पर्यटन प्रबद्र्धनले नगरपालिकाको समृद्धिमा भूमिका खेल्ने भएकाले भुलभुलेको संरचना विकासमा जोड दिएको नगरप्रमुख रिजालले बताए । यसका लागि भुलभुलेस्थित विभिन्न संरचनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३५ लाख रुपैया“ बिनियोजन गरेको थियो । यसले भुलभुले हेर्न लायक बनेको छ । संरचना निर्माणपछि गन्तव्यको केन्द्र विन्दु लायक देखिएको छ । धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहा“ भुलभुलेमा यलम्बरको मूर्ति, बुढानिलकण्ठ, सात धारा, असला माछा आकर्षणको केन्द्रविन्दु मानिन्छ । कहिलेकाहि“ रातो माछा समेत देखिने स्थानीयको भनाई छ । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुलेमा पछिल्लो समय दैनिक एक सय ५० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । 
बाह्रै महिना एकैनासको पानी बग्ने यो भुलभुलेमा जलशिकारी र सातकन्यदेवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुल्भुल् उम्रिने पानीले नुहाएमा रोग पखालिने जनविश्वास रही आएको छ । भुलभुलेमा आउने तीर्थालुले शान्तिको प्रतिक परेवा उडाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वासमा पूजापाठ गर्ने चलन छ । यहा“ प्रेमीप्रेमिकाहरुले आपसमा गरेको प्रेमले पूरा होस् भन्ने कामना समेत गर्छन् । दिनहु“जसो युवायुवतीको ओइरो लाग्ने स्थानीयले बताएका छन् । पर्यटनको ओइरो लाग्न थालेपछि आसपासका पसलहरु फष्टाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित