नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–सातौं सोल्मा फुटबल प्रतियोगिता सुरु भएको छ । सोल्मा स्पोर्टस् क्लवको घरेलु खेलमैदान सोल्मामा कात्तिक ११ गते सुरु भएको हो ।
उद्घाटन खेलमा आयोजक सोल्माले दिक्तेललाई १–० ले पराजित गर्दै जितको खाता खोलेको छ । कात्तिक १२ गते हुने पहिलो खेलमा बास्पानी र खार्मी तथा दोश्रो खेल हलेसी र लफ्याङ बीच हुने छ ।
प्रतियोगिताका विजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ, उपविजेताले ७७ हजार ७ सय ७७ र सेमीफाइनलिष्ट दुई टिमले ३३ हजार ३ सय ३३ रूपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई दुई हजार दुई सय २२ रूपैयाँ दरले तथा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् । त्यस्तै एक जना पत्रकारलाई ५ हजार ५ सय ५५ रूपैया नगद सहित खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने राईले सुनाएका छन् ।
प्रतियोगिताको उद्घाटनको साझ द भ्वइस किड्स सिजन ५ की चर्चित सेमी फाइनलिष्ट बाल कलाकार मेरिल राई, सम्बन्ध ब्याण्ड लगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिएका छन् । फाइनल खेलमा चर्चित गायिका रचना रिमालका साथमा अन्य कलाकारहरूले प्रस्तुति दिने समेत आयोजकले जनाएको छ । खेलको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई लगायतले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ११–सात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–१० औं ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ६–खोटा�... ... ...
सविना अछामे– खोटाङ, कात्तिक ५–खोटाङमा विद्युत... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सातौ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित