सविना अछामे–
खोटाङ, कात्तिक १२–आगामी मङ्सिरको अन्तिमसाता खोटाङमा ‘शहीद मुक्सन किराँत स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शहीद मुक्सन किराँत स्मृति केन्द्र खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित शहीद स्मारक स्थलमा मङ्सिर २५ गतेदेखि खुला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ६० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने कात्तिक १२ गते दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगिताका संयोजक जितेन्द्र राईका अनुसार विद्यागत खेलाडीहरू समेत नगद सहित पुरस्कृत गरिने छ । यस अन्तरगत सर्वोत्कृष्ट हुनेलाई नगद तीन हजार तथा उत्कृष्ट लिबेरो, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरलाई जनही दुई÷दुई हजार प्रदान गरिने राईले जनाएक ।
शहीद किराँतको स्मृति र योगदानलाई जीवन्त राख्दै खोटाङ जिल्लामा भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबि चाम्लिङले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, कात्तिक १२–आगामी मङ्सिरको �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ११–सात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–१० औं ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ६–खोटा�... ... ...
सविना अछामे– खोटाङ, कात्तिक ५–खोटाङमा विद्युत... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित