नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–मात्तिम र इन्द्रेणीपोखरी सोल्मामा जारी सातौं सोल्मा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । खार्मीलाई ६–१ ले पराजित गर्दै इन्द्रेणीपोखरी र लफ्याङलाई ४–० ले पराजित गर्दै मात्तिम फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताका विजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ, उपविजेताले ७७ हजार ७ सय ७७ र सेमीफाइनलिष्ट दुई टिमले ३३ हजार ३ सय ३३ रूपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई दुई हजार दुई सय २२ रूपैयाँ दरले तथा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् । त्यस्तै एक जना पत्रकारलाई ५ हजार ५ सय ५५ रूपैया नगद सहित खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने राईले सुनाएका छन् । खेलको फाइनल कात्तिक १७ गते हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १६–मात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १३–महं�... ... ...
सविना अछामे–खोटाङ, कात्तिक १२–आगामी मङ्सिरको �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ११–सात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–१० औं ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित