१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कराते खेलाडी छनौट

  • प्रकाशित मितिः कार्तिक 8, 2083
  • 70 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ७–१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कराते खेलाडी छनौट भएका छन् । कात्तिक ७ गते भएको विभिन्न १६ इभेन्टमा करातेका खेलाडीहरू छनौट भएका हुन् ।
नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार पुरुषतर्फ ५० केजी तौल समूहमा सुशासन राई, ५५ केजीमा सूर्यचन्द्र राई, ६० केजीमा मन्दिप अधिकारी, ६७ केजीमा शाहिल राई, ७५ केजीमा रूरीहाङ दुमी र माइनस ८४ केजीमा इश्वरधन राई छनौट भएका हुन् ।
त्यस्तै महिलातर्फ ४५ केजीमा टेनिका राई, ५० केजीमा अरुणा राई, ५५ केजीमा सितल राई, ६१ केजीमा टिकामायाँ जिमी, ६८ केजीमा युमासाम राई र प्लस ६८ केजीमा चन्द्रकला राई छनौट भएको नेपाल सितोरियो कराते संघ खोटाङका सचिव मोतिचन्द्र राईले बताएका छन् ।
पुरुष टिमकातातर्फ रूरीहाङ दुमी, सूर्यचन्द्र राई र शाहिल राई छनौट भएका छन् । महिला टिमकातातर्फ करुणा राई, अनिषा राई र विशुका राई छनौट भएका छन् । पुरुष एकलकातातर्फ सूर्यचन्द्र राई र महिला एकलकातामा अनिषा राई छनौट भएको राईले सुनाएका छन् । छनौट भएका खेलाडीहरू कोशी प्रदेशमा हुने छनौटमा भिड्ने छन् ।
त्यस्तै अन्य खेलहरू पनि भइरहेका छन् । विभिन्न १६ खेलमध्ये पौडी, ब्याटमिन्टन, तेक्वान्दो, टेबलटेनिस, बक्सिङ, भारत्वलन, साइक्लिनिङ, आर्चरी, स्क्वास, क्रिकेट र भलिबलका खेलाडी पनि छनौट भइसकेका छन् । फुटबल, एथ्लेटिक्स, कबड्डी र चेसको छनौट भने आगामी कात्तिक १० गते हुने जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित