हलेसीमा चार लाख ४३ हजार भेटी सङ्कलन

  • प्रकाशित मितिः चैत ७, २०७८
  • 1393 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ७–हलेसी मन्दिरमा यो १५ दिनको अवधिमा करिब साडे चार लाख भेटी सङ्कलन भएको छ । फागुन १६ देखि ३० गतेसम्ममा तीर्थालुबाट चार लाख ४३ हजार दुई सय तीस रुपैंया भेटी सङ्कलन भएको हो ।
हलेसी गुफाभित्रको शिव–पार्वती थानबाट तीन लाख ३३ हजार छ सय ५०, मन्दिरको प्राङगणमा रहेको दानपेटिकाबाट ४१ हजार छ सय पा“च रुपै“या, बसाहगुफाको दानपेटिकाबाट ५० हजार नौ सय ७५ रुपै“या, गणेश मन्दिर दानपेटिकाबाट १३ हजार तीन सय रुपैया“, ढयाक्के सटहीबाट चार हजार रुपै“या आम्दानी भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।
आम्दानी भएको रकमबाट बिजुली, पानी, शिवरात्री मेला व्यवस्थापनमा खटाइएका अस्थायी कर्मचारीको तलव भत्ता, शिव पार्वती थानमा गहना पहिराउ“दा नौमती बाजा बजाउ“नेलाई पारिश्रामिक, शान्ति सुरक्षा खर्च, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च र विभिन्न आर्थिक सहयोग लगायतमा खर्च गरिएको छ । उक्त शीर्षकमा एक लाख ३४ हजार नौ सय ४८ रुपै“या खर्च भएको सूचना केन्द्रले जनाएको छ ।
उक्त मेलामा भारतीय रुपैया“ तीन हजार सात सय, चा“दी १९.६९ तोला, सुन १.२ ग्राम र अमेरिकन डलर छ डलर चढाएको सूचना केन्द्रका प्रमुख राईले बताए । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा तीन लाख आठ हजार दुई सय ८२ रुपैया“ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित