भोटेकोशी बाढी पीडितलाई दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले पठायो राहत

  • प्रकाशित मितिः भदौ 27, 2083
  • 58 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २७–दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले भोटेकोसी बाढी पीडितलाई राहत रकम पठाएको छ । उक्त स्कुलले दुई लाख ३१ हजार एक सय रूपैयाँ प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २६ गते पठाएको हो ।
यसमध्ये विद्यार्थीबाट ८३ हजार एक सय ४०, शिक्षक कर्मचारीहरूबाट ८० हजार ८ सय ४० र बाढी पीडितहरूकै लागि लक्षित गरी भदौ २५ गते आयोजना गरिएको ‘पीडासंगै हिडेका पाइलाहरू’ कार्यक्रममा अभिभावकहरूबाट संकलित ६७ हजार एक सय २० रूपैयाँ गरी दुई लाख ३१ हजार एक सय रूपैयाँ राहत नविल बैंक मार्फत पठाइएको उक्त स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । ‘शिक्षक तथा कर्मचारीहरूले एक दिनको तलव र विद्यार्थीहरूले खाजा खर्च कटाएर १०÷२० रूपैयाँ जम्मा गरेको रकम छ’ श्रेष्ठले भने–‘बाढी पीडितकै लागि लक्षित गरी आयोजना गरेको कार्यक्रममा अभिभावकहरूले आँशु पुछ्दै दान गर्नु हुने अभिभावकहरूको मायाँ छ ।’
उक्त सहयोग रसुवाको शैक्षिक क्षेत्रमा लगानी होस् भन्ने कामनाका साथ पठाइएको समेत श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित