दिक्तेलको बेसक्याम्पमा विष्फोटक पदार्थ फेला

  • प्रकाशित मितिः भदौ 21, 2083
  • 243 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २१–दिक्तेल बेसक्याम्पमा विष्फोटक पदार्थ फेला परेको छ । सौचालय बनाउने क्रममा भदौ २१ गते उक्त फिस्फोटक पदार्थ फेला परेको हो ।
उक्त ठाउँमा द्वन्द्वकालमा सुरक्षा फौजको संयुक्त बेस क्याम्प थियो । त्यसबेला सुरक्षा फौजले राखेको हुन सक्ने स्थानीय तथा सरस्वती माविका प्रधानाध्यापक शिवहरि ढकालले बताए । उक्त विस्फोटक पदार्थ निष्कृय बनाउनका लागि नेपाली सेनाको रणभीम गणको टोली खटिए पनि सम्वन्धित माथिल्लो निकायले अनुमति नदिदा निष्कृय बनाउन नसकिएको प्रमुख सेनानी पवनजंग कार्कीले बताएका छन् । उक्त ठाउँमा अन्य पनि विष्फोटक पदार्थ फेला पर्न सक्ने भएकाले खोजी गरी सोमबार विष्फोट गर्ने सेनाले जनाएको छ । उक्त क्षेत्रमा सेनाले विस्फोटक पदार्थ राखेर ननिकाली हिडेकाले जोखिम भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित