नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २६-नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा निर्वाचित भएका छन् । भदौ २६ गते भएको ८ औं जिल्ला अधिवेशनले शेर्पालाई निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षमा कृष्णकला राई, महिला उपाध्यक्षमा एलिशा राई, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा योगीन राई, कोषाध्यक्षमा मनिता राई छानिएका छन् । त्यस्तै सदस्यहरूमा मनोज आचार्य, पदम हिङ्माङ, मिलन आचार्य, दिनराज कार्की, एल्जिेसा राई चुनिएका छन् ।
संघीय महाधिवेशन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौलागाईँ, राजकुमार भट्टराई, रविना सुवेदी (खत्री), खिलन राई तथा प्रदेश महाधिवेशन प्रतिनिधिमा अमृत गिरी, पदम हिङ्माङ, योगीन राई र एल्जिेसा राई छनौट भएको नव निर्वाचित अध्यक्ष चिसाङ शेर्पाले बताएका छन् । उक्त अधिवेशन कोशी प्रदेश पूर्व भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २१–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २०–खोटाङमा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित