बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइयो

  • प्रकाशित मितिः भदौ 23, 2083
  • 49 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २३–दिक्तेलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको छ । १ देखि वर्षसम्मका बालबालिकालाई भदौ २३ गते स्वर्णविन्दु प्राशन गराइएको हो ।
प्रशोधित सुनको भस्म धुलो, गाईको शुद्ध घिऊ र महलाई मिलाएर स्वर्णविन्दु बनाइएको हुन्छ । यसको सेवनले पोषणतत्व पूर्ती गर्ने, शारीरिक तथा मानसिक विकास गर्ने भएकाले यो कार्यक्रम आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख सरबेन्द्रप्रसाद यादवले बताए । स्वर्णविन्दु हरेक महिना प्राशन गराइने यादवको भनाइ छ । ‘हरेक महिना स्वर्णविन्दु प्राशन गराइन्छ’ यादवले भने–‘१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाले ४८ पटक स्वर्णविन्दु प्राशन गराइन्छ ।’
मङ्गलबारको स्वर्णविन्दु प्राशन जिल्ला सदरमुकाममा बसोबास गर्ने २५० बालबालिकालाई गराइएको यादवले बताए । आगामी असोज १९ गते पनि स्वर्णविन्दु प्राशन गराइने यादवको भनाइ छ । उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गरेका हुन् । उक्त कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित