नेपाली कांग्रेस खोटाङका युवा नेता पक्राउ

  • प्रकाशित मितिः भदौ 28, 2083
  • 1046 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २८-नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य किशन भुजेल पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित एक होटलमा तोडफोड तथा कामदार र सञ्चालकलाई समेत हातपात गरेको अभियोगमा पक्राउ परेका हुन् ।
भदौ २७ गते राती घटनास्थलबाट जानकारी आउनासाथ भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । भुजेल विरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित