दसैंबारे फरक धारणा

  • प्रकाशित मितिः कार्तिक 6, 2075
  • 485 पटक पढिएको
  • संवादताता

धनिराम राई-

'दसैंको आशिर्वादले भाग्यवादमा विश्वास दिलाउ“छ, श्रम, मेहनत र प्रयन्तप्रति श्रद्धा जगाउ“दैन । भाग्यमानी भएस्, हा“के–ताकेको पुगोस्, ठूलो पद पाएस्, दिनेखाने भएस् आदि भनेर दिइने आशिर्वादले कामप्रति विश्वास जगाउ“दैन ।'

धर्म धारयते इतिधर्म अर्थात जे धारण गरिन्छ । त्यहि धर्म हो । धर्मलाई जसरी धारण गरिन्छ । लिइन्छ वा मनाइन्छ । त्यहि धर्म हो तर धर्मबाट सबैको भलाई हुुनु आवश्यक छ । यस भनाईबाट प्रस्ट हुन्छ कि धर्म भनेको जैन पनि होइन, हिन्दू वा क्रिशचियन पनि होइन अर्थात नत वौद्घ, मुश्लिम वा अन्य । ती सवै सम्प्रदायमात्र हु्न् । अर्को सत्य कुरा भनेको यी साम्प्रादायहरु मानव निर्मित हुन् भाषा, संस्कृति, चालचलन र रीतिरिवाजजस्तै मानव निर्मित भएकोले यिनिहरुमा इश्वरको वास हुदैन नत सत्यताकै हुन्छ । इश्वरको बास नहुनाले यी साम्प्रादायहरुमा पाप, अपराध, अन्याय, हिंसा विभेद,लोभ र स्वार्थ जस्ता घृणित र नकारात्मक प्रवृत्तिहरु टन्न भरिएका हुन्छन् फेरि भगवान वा इश्वर अथवा गढ भनेको अलैकिक शक्ति हो जस्को न त जात हुन्छ । नत रुप,संज्ञा,जन्म र मृत्यु नै । यसकारण राम, कृष्ण, यशु, बुंद्घ, अल्लाह, शिव, लक्ष्मी आदी जस्ता मान्छेहरु भगवान होइनन् र इश्वर पनि । इश्वर दुई चिजमा अनुभूत गर्न सकिन्छ । एक प्रकृति र अर्को सत्यता किनकि प्रकृतिले कसैलाई विभेद गर्दैन र सत्यतामा सधै शक्ति र आनन्द हुन्छ । हिन्दू इशाइ मुश्लिम आदि सम्प्रादायवीचमा झैझगडा लुटपाट हत्य हिंसा,विभेद आदि हुन्छ यसकारण यी लगायत सवै साम्प्रदाय धर्म होइनन् । 
हिन्दु आफै कुनै धर्म होइन । यससंग सम्बधित दसैं तिहार समेत यसकारण धार्मिक तत्वहरु होइनन् र छैनन् जुन संस्कार परम्परा वा चाड मनाउदा आनन्द र खुसीको अनि समानताको अनुभूत हुदैन भने त्यसमा धर्मको अंशको थोरै प्रतिशत पनि प्राप्त हुदैन । नेपालमा दसैंलाई राष्ट्रिय सम्पतिको ठूलै मात्राको लगानीसाथ मनाइन्छ ।, तर यसवारेको सत्यतथ्य के हो विचार गरिन्न दसैंका धेरै नकारात्मक पक्षहरु पनि छन् सपरिवार नातागोता र आफन्तजनहरु एकठाउ“मा भेला हुन पाउनु एउटा कुरा हो । तर यसभित्र लुकेका र लुकाइएका अनगिन्ती खराबीहरुको लेखाजोखा हुन अत्यावश्यक छ ।नेपालीहरुको महान चाड वडा दसंै भन्नु नै गलत छ । यो सम्पूर्ण नेपालीहरुको चाड होइन । बरु यसलाई हिन्दू नेपालीहरुको चाड वा हिन्दू चाड मात्र भन्न उपयुक्त हुन्छ । जुनसुकै कारणले र जहिलेसुकैदेखि दसैं मान्न थालिएपनि यसभित्र विभेद हिंसा र दुःख प्रशस्तै रहेको छ । पहिलो कुरा त नेपाली शासकहरुले दसैंको प्रयोग गरी आफ्नो शासनसत्ता दह्रो पार्ने प्रयत्न गर्दै आएका छन् । दसैं संग अनेक काल्पनिक मिथकहरु जोडेर भ्रम सृजना गर्ने अनि अन्य साम्प्रादायका मानिसहरुलाई दिमाग भुटेर उल्लु बनाउने काम दसैंबाट भएको छ । कहिले ‘असत्यमाथि सत्यको विजय’त कहिले रावण माथि रामको विजय त कहिले राक्षसहरुमाथि दुर्गा वा देवताको विजय भनेर कपोलकल्पित ढा“टको खेती गर्नु यस चाडको सर्वथा गलत पक्ष हो असत्यमाथि सत्यको विजय भएको भए समाजमा किन झन् झन् अपराध पाप र असत्यहरु बढिरहेको? राम दुर्गा वा कालीलाई भगवान र देवदेवी मान्नु रावण,मधुकैरवादीलाई राक्षस भन्नु आफैमा विभेदकारी चिन्तन हो, झुटको खेती हो । माथि भनिएका सवै मान्छे समान हुन । जन्मदै कोही देवता र कोही राक्षस हुदैन ।मान्छेको प्रवृत्ति फरक हुन्छ । र सवैसंग असल र खराब दुबैको अंश पाइन्छ यसकारण उहि मान्छे कसैलाई भगवान र देवता कसैलाई राक्षस मान्ने दसैं सर्वथा विभेदकारी चाड हो । यस चाडलाई नेपाली शासकहरुले झनै विभेदकारी त्यसबेला बनाएका छन् जुनबेला यसमा मात्र राष्ट्रको पैसा लगानी गर्नु हप्तैसम्म सरकारी विदा दिनु तर अन्य साम्प्रादायको चाडमा राष्ट्रको पैसा कति पनि खर्च नगर्नु र एक दिन विदा दिन पनि कञ्जुस्या“ई गर्नु । 
दसैं पापै पापले भरिएको चाड पनि हो । किनकि यसमा अन्धविश्वास छ । भाग्यवाद छ । असंख्य प्राणी हत्या र काटमार छ । दसैभरि दसैं मनाउनेहरुको घर रगत र मासुको ओइरो लाग्छ । प्राकृतिक सिर्जना उही मान्छे र पशुपन्छीमा के पो फरक छ र ? खाली मान्छेको दिमागको कारण अन्य प्राणीहरुमाथि शासन गर्न सकेको मात्र न हो । नत्र पशु प्राणीहरुमा पनि आत्मा हुन्छ, दया र माया“ हुन्छ, रिस आवेग र लोभ पनि मान्छेमा जस्तै हुन्छ । उनीहरुको बास पनि यही धरातलमै भएको छ । यस दृष्टिकोणबाट हेर्दा पशुप्राणी जीवजन्तु र पन्छीहरु पनि एउटै घरमा बस्ने एकै परिवारका सन्तान हुन् । तब त उही प्रकृति आमाको एक सन्तानलाई हत्या गरी उसैको रगत मासु खाइ मनाउने चाड पापले भरिएको चाड हो ।
यो चाड विभेदकारी त हुदै हो । यसमा पछौटेपन पनि हावी छ । यस जाडले मान्छेलाई अल्छी बनाउ“छ । भाग्यवादमा विश्वास दिलाउछ, श्रम, मेहनत र प्रयन्तप्रति श्रद्धा जगाउ“दैन । भाग्यमानी भएस्, हा“के–ताकेको पुगोस्, ठूलो पद पाएस्, दिनेखाने भएस् आदि भनेर दिइने आशिर्वादले कामप्रति विश्वास जगाउ“दैन । किनकि कसैले आशिर्वाद नदिए पनि मेहनत गरे सफल बन्न सकिन्छ । आशिर्वादले मात्र सफल बनिने भए किन शिक्षा–दीक्षा लिनु । किन काम सिक्नु । आशिर्वाद मात्रै थाप्यो, बस्यो गरे भइहाल्थ्यो नि । निधारभरि चामलको टिका लगाउनु भएको अशिक्षित र असभ्यताको चिनारी पनि हो । पहिलो कुरा एक जनालाई सिंङ्गै एक छाक भात पुग्ने चामल निधारमा टा“सेर खेर फालिन्छ । स्वास्थ्य बिग्रने गरी पटक–पटक धेरै पल्ट खाने पिउने गरिन्छ ।
हुनेको लागि धाक रवाफ र नहुनेको लागि संकटको चाड हो दसैं । दसैंमा नया“ र राम्रा लुगा लगाउ“नु पर्ने, गरगहनामा सजिनु पर्ने र मिठो मसिनो खान पर्ने परम्परा, हुने खानेहरुको लागि मुल्यवान लुगा–कपडामा र सुन चा“दी लगायतका गरगहनामा सजिएर र ठा“टिएर रवाफका साथ देखा पर्ने चाड हो दसैं भने नहुनेहरुका लागि भने सकसको चाड । नमुनेहरुले पनि ऋण काढेरै भए पनि अनावश्यक खर्च गर्न वाध्य गराउ“छ दसैंले ।
दसैं भ्रम उत्पन्न गराउ“ने चाड पनि हो । यसबारेको सत्य तथ्य कुराहरु जनमानसमा आउन सकेको छैन । यो कसरी मनाउन सुरु गरियो भन्ने बारे स्वयम् दिन्दू साम्प्रदायहरुमा एक रुपको धारणा छैन । कसैले दुर्गाको प्रसंग ल्याएर नवदुर्गा भवानीको प्रसाद भन्दै टिका लगाउने, कसैले कालीको प्रशंग ल्याउने, कतिले रामको रावणमाथिको विजयी भन्ने आदि भ्रमहरु रहेको छ । नेपाली शासकहरुले पनि भ्रमै छर्न राजाको पालामा फलाना राजाको विजय टिका भनी टिका लगाउन सुरु गराएका थिए । ‘इतिहास र परम्परा जिन्तेहरुको स्वार्थ अनुकूल तयार पारिने भ्रमात्मक कथा हो । यसैले दसैंबारेको तथ्य सत्यको खोजी गरिनु पर्छ । राजतन्त्रको अन्त्य भइ लोकतानित्तक शासन प्रणालीको सुरुवातसंगै अलिअलि तथ्यकुराहरु बाहिर आउन थालेको छ । मानवशास्त्रका पिता डोरबहादुर विष्टका अनुसार पृथ्वीनारायण शाह मगरका सन्तान हुन् तर तिनैले गोरखा राज्य विस्तार गरेपछि एक नश्लीय अति हिन्दूवादी निरङ्कुसता लाद्न आदिवासी जनजातिलाई हिन्दूधर्म संस्कृति र खस भाषा स्वीकार्न वाध्य पार्न सुरु गरियो र दसैंलाई अनिवार्य गरियो ताकि दसैं नमान्नेलाई दण्ड, सजाय र हत्या गर्ने चलन चल्यो । यस कुरालाई विश्वास गर्न सक्ने आधारहरु भनेको टिकाको रङ रातो हुनु पर्ने, घरघरमा मालश्री गाएर पशुको मार हानी दसैं मनाएको प्रमाण देखाउन घरको भित्तामा हातको रगतछाप लगाउनु पर्ने र उक्त छाप लगाएको छ छैन भनेर जानकारी लिन सि.आ.डि (गुप्तचर) को रुपमा ठिक दसैं सकिएपछि कात्तिक महिनामा जोगीको भेषमा फेरिवाल जोगी पठाउनु आदि हो । राणाशासकहरुले पनि यो वाध्यकारी परम्परा कायमै राखे । त्यसको फलस्वरुप टिका नलगाउ“दा जनजति राम्लिहाङ राई र रिदमा राईलाई झुन्ड्याएर हत्या गरियो । वास्तविकता खोजेर बुझ्ने हो भने राई, लिम्बु, नेवार, गुरुङ, मगर, तामाङ आदि जनजातिहरुले दसैं नमाने हुन्छ ।
दसैंमा आशिर्वाद भनी बनाइको श्लोकहरु ‘आयुद्रोणसुते श्रीआम दशरथेले पनि झल्को दिन्छ कि यो हिन्दूहरुको मात्र चाड हो । द्रोणको जस्तो आयू, दशरथको जस्तो उच्च सम्मान, रावण (राम)ले जस्तै सत्रुनाश गर्ने क्षमता, नहुशराजाको जस्तो धनसम्पत्ति, हनुमानकोजस्तो गति, दूर्योधनकोजस्तो मान आदिले पनि स्पष्ट छ कि त्यहा“ कतै पनि आदिवासी जनजातिको पुर्खाहरुको नाम उल्लेख छैन । त्यसबेलाका एकलब्यहरुको चर्चा, एलम्बरहरुको चर्चा खै कहा“ छ ? खराव कुरा पनि बारम्बर गरेपछि स्वभाव बन्छ, बानीमा परिवर्तन हुन्छ र स्वभाविक र सामान्यजस्तो लाग्न सक्छ । आजका आदिवासी जनजातिमा दसैं हाम्रै चाड हो कि भन्ने भ्रम सिर्जना किन पो नहोस् त डर, कर र ज्यान जाने खतराको कारण दसैं मनाएको पुस्तौ–पुस्ता भइसक्यो । रक्सी खाएर मात्ने अनि ‘म मतवाली ह“ु’ भनी गर्व गर्ने, मुखले ‘हरे राम हरे कृष्ण भन्ने’ अर्जुन दृष्टि र रामवाण भन्ने परम्परा वाध्यताबस पुस्तौ चल्यो र आज पनि आदिवासी जनजातिहरु समेत त्यही भन्छौं आफैलाई बिर्सेर त्यसरी नै जसरी शाह राजाहरुले आफूलाई मगरको सन्तान हौं भनेर बिर्सिए र अबका आदिवासी जनजातिहरुले भ्रमबाट मुक्त भएर भन्न सक्नु प¥यो ‘म मतवाली होइन ।’ ‘हरे पारुहाङ, हरे सुम्निमा, हरे एलम्बर, एकलब्य दृष्टि एकलब्य वाण ।’
(लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविका शिक्षक हुन्)
प्रकाशित मिति २०७५ कात्तिक ६

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित