नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–उभौलीको अवसरमा खोटाङको बुइपा पञ्चरबाटोमा बैशाख १८ गते साकेला सिली नाँचिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा पञ्चरदोबाटोस्थित ११० फिट अग्लो यलम्बरको सालिक भएको उक्त ठाउँमा विभिन्न ठाउँका किराती राई समुदायका युवा–युवती मात्र होइन, बालबालिका, बृद्ध–बृद्धासम्मले साकेला सिली नाँचेका हुन् ।
बुइपा वडा कार्यालयको आयोजनामा भएको उक्त साकेला सिलीमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई, प्रतिनिधिसभा सदस्य आरेन राई लगायतले समेत सहभागिता जनाएका छन् ।
किरातीहरूले बैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् । जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मङ्सिरे पूर्णिमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीमराज राईले बताएका छन् । उभौलीमा बाली–नाली लगाउने बेला हुने भएकाले खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आई नपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन रहेको राईले सुनाएका छन् ।
मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मङ्सिरे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको राईले बताए । उभौली, उधौलीमा आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।
शुक्रबार जिल्लाका विभिन्न ठाउँहरुमा उभौली मनाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ जायजुम लगायत विभिन्न ठाउँहरूमा उभौली साकेला मनाइएको छ ।
साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित