नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १७–श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले सरकारले सुकुम्बासीमाथि राज्य आतंक मच्याएको भन्दै नैतिकताको आधारमा प्रधानमन्त्री बालेन्द्र साहले राजिनामा दिनु पर्ने बताएका छन् । दिक्तेलको शुभम् फाउण्डेसनमा बैशाख १७ गते पत्रकारहरूसंग कुरा गर्दै साम्पाङले उक्त धारणा राखेका हुन् ।
सरकारले बहानाबाजी गरेर हजारौ जनतालाई घरबार विहीन बनाएको र यसप्रति संयुक्त राष्ट्र संघले पनि निन्दा गरिसकेकाले डोजर चलाउन तत्काल छाड्नु पर्ने साम्पाङले बताएका छन् । अन्तर्राष्ट्रिय कानुन उलङ्घन हुने गरी, मानवअधिकार हनन् हुने गरी, मानवता विरुद्ध जनतालाई बेघरबार बनाउने, सडकमा सुताउने क्रियाकलाप निन्दनीय भएको भन्दै सरकारको नेतृत्व गर्ने बालेन्द्र साहले राजिनामा दिनु पर्ने धारणा राखेका हुन् ।
शान्ति सुरक्षाको, सुशासनको, विकास निर्माणको बारेमा सरकारले काम गर्नु पर्नेमा उल्टै राज्य आतङ्क मच्याएकाले यसलाई तत्काल बन्द गर्नु पर्ने समेत साम्पाङले बताएका छन् । श्रम संस्कृति पार्टी प्रतिपक्षी भएकाले सरकारको कडा आलोचना गर्ने समेत साम्पाङले जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित ११० फिट अग्लो यलम्बरको सालिक अनावरण गर्न खोटाङ आएका साम्पाङ विवाद भएपछि अनावरण नगर्नेमा पुगेका छन् । अहिले संसद सञ्चालन नभएको र चुनावपछि गृह जिल्ला नआएकाले मतदातालाई धन्यवाद दिन जिल्ला आएको साम्पाङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित