हुने विरुवाको चिल्लो पात

  • प्रकाशित मितिः कार्तिक ४, २०७५
  • 2801 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक ४–उचाई चार फिट नौ इन्च । तौल ३५ केजी । उमेरले १२ वर्ष । हेर्दा बालकै देखिन्छन् सूर्यचन्द्र राई । तर उनी अब्बल कराते खेलाडी हुन् । उनको कराते खेलले खोटाङको कराते टिमलाई अब्बल सावित गर्दै आएको छ ।
गत जेठ १० र ११ गते राजधानीमा भएको प्रथम उपराष्ट्रपति कप राष्ट्रिय कराते प्रतियोगितामा सम्पूर्ण खेलकै प्रथम स्वर्ण पदक हात पारेका छन् । यो खेलमा उनले पुरुष एकलकातातर्फ स्वर्ण पदक जितेका हुन् । यति मात्र होइन प्रदेश, जिल्ला तथा अन्य खेलहरुमा धेरै स्वर्ण पुरस्कार हात पारेका छन् । प्रदेशस्तरीय खेलमा काता तथा कुमितेमा स्वर्ण पदक हात पारेका छन् । त्यस्तै जिल्लास्तरीय खेलमा समेत स्वर्ण पदक चुमेका छन् । अन्तर्राष्ट्रिय आमन्त्रित खेलमा पनि अब्बल प्रस्तुति गरेका छन् ।
आमा मौलीशोभा र बाबु लाखधन राईका कान्छा छोरा हुन् । दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनी खेलका साथ साथै पढाईलाई पनि चासो दिन्छन् । सात वर्षअघिदेखि कराते खेल्न सुरु गरेका उनले सन २०१५ मा ब्ल्याक बेल्ट (सोदान) र २०१७ मा सेकेन्ड डान(निदान) गरेका छन् । उनको पारिवारिक वातावरण पनि खेल जगतमै भएकाले खेलप्रति चासो बढेको हो । उनका दाजु मोतिचन्द्र राई (माइला) पनि करातेका आशलाग्दा खेलाडी हुन् ।
आगामी हुने विभिन्न कराते प्रतियोगिताहरुमा उनीबाट ठूलो आशा राखेको सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जयकुमार राई बताउछन् । ‘सूर्य सानो भए पनि खेलमा निक्कै परिपक्व छन् ।’ राईले भने–‘उनको भविष्य खेल क्षेत्रमा राम्रो देखिन्छ ।’ राईले थपे–‘यस्ता खेलाडीलाई उपेक्षा गरिएको छ ।’ राई थप्छन्–‘स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको खेलप्रतिको दृष्टिकोण सकारात्मक हुन जरुरी छ ।’
त्यसो त सरकारको तलब खाएर बसेका जिल्लास्थित कराते प्रशिक्षकहरु समेत कराते खेलप्रति उदासीन बनेको राईले आरोप लगाए । तलब खाएर प्रशिक्षण गर्नु पर्नेमा उल्टै कराते प्रशिक्षार्थीहरुलाई निरुत्साहित गर्ने खेलमा लागेको राईको आरोप छ । ‘कम्तिमा प्रशिक्षण नगरे पनि असहयोग नगरे हुन्थ्यो ।’ राईले भने–‘हामीले दिनरात गरेको दुःखले प्रशिक्षकहरुलाई के बेफाइदा ग¥यो ।’ राईले थपे–‘यसमा जिल्ला खेलकुल विकास समितिको चेत खुल्न जरुरी छ ।’ प्रशिक्षक गोपाल राईले भने प्रशिक्षण गर्न नजान्ने भन्दै अपमान गरेकाले प्रशिक्षण नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित