नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ६–खोटाङमा सञ्चालित ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानमा ६ सय ४२ जना चेलीहरूले निःशुल्क बाइके सेवा पाएका छन् । अभावमा गुज्रिरहेका चेलीहरूलाई लक्षित गरी दसैंको अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म सञ्चालन गरिएको अभियानमा ६ सय ४७ जना चेलीहरूलाई मोटरसाइकलबाट निशुल्क यातायात सेवा उपलब्ध गराइएको हो ।
अभियानका सचिवालय प्रमुख निराजन ढकालका अनुसार अभियानको अन्तिम दिन दुई सय ३० जना, तेश्रो दिन दुई सय ५२ जना, दोश्रो दिन एक सय १० जना र पहिलो दिन ५० जना चेलीहरूलाई निःशुल्क बाइक सेवा दिइएको हो ।
तिहारको अवसरमा पनि कात्तिक २४ गतेदेखि २६ गतेसम्म ३ दिन सेवा दिइने अभियानका संयोजक सञ्जयकुमार राईले सुनाएका छन् । आर्थिक अभावले माइतीसम्म जान नसक्ने चेलीहरूलाई निःशुल्क रूपमा सेवा दिइएको राईले जनाएका छन् । यो अभियान ३ वर्षदेखि सञ्चालन गरिदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीहरूले सेवा पाएको राईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ६–खोटा�... ... ...
सविना अछामे– खोटाङ, कात्तिक ५–खोटाङमा विद्युत... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सातौ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सुमो �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २–सुमो ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित