नेपालको प्रशोधित पानी निर्यात बढ्यो

  • प्रकाशित मितिः फाल्गुन २३, २०७८
  • 1048 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, फागुन २३–नेपालबाट प्रशोधित पानीको निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखिएको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा २४ करोड ३५ लाख ४५ हजार रुपैया“ बराबरको पानी निर्यात भएको देखिएको हो ।
मङ्सिर, पुस, माघमा मात्र ४४ लाख ४७ हजार पा“च सय ३३ लिटर पानी निर्यात भएको तथ्यांकले देखाएको छ । नेपाली उद्योगले प्रशोधन गरेको पानी अस्ट्रेलिया, यूएई, भारत, पोल्यान्ड, जापान, बेलायतमा निर्यात भइरहेको छ । पानी र आइस पनि आयातनिर्यात हुने गरेको विभागले जनाएको छ । गत वर्ष ६ करोड ३ लाख ८१ हजार रुपैया“को १० लाख ९१ हजार चार सय २८ लिटर पानी चीन, कतार र भारतमा निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा अन्य देशको तुलनामा सबैभन्दा बढी पानी बोटलर्स नेपालले भारतमा निर्यात गरेको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ५ लाख २३ हजार रुपैयाँ र त्यसअघि त्यस्तै आव २०७५÷७६ मा १६ लाख ९३ हजार रुपैया“ बराबरको पानी निर्यात भएको थियो । विभागका अनुसार नेपालबाट अन्य देशमा किन्ले, एक्वाफिना, म पानी, रसुवा पानीलगायत ब्रान्डका पानी निर्यात हुन्छ । निर्यातलाई नै लक्ष्य गर्दै उद्योगहरूले अत्याधुनिक प्रशोधन प्लान्ट राखेका छन् । प्रशोधित पानीको निर्यात छिटपुटरूपमा १५ वर्षअघि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित