नेपाल निजामती कर्मचारी संगठन खोटाङको रेखा राई

  • प्रकाशित मितिः फागुन १४, २०७८
  • 941 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १४–एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको ११ औं जिल्ला अधिवेशनले रेखा राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । फागुन १३ गते दिक्तेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षहरुमा रामप्रसाद आचार्य, निर्मला शर्मा, सचिवमा ढुण्डी पाण्डे, सहसचिवमा राजकुमार राई, कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।
सदस्यहरुमा ओशन सुवेदी, दीक्षिका शाक्य, पीएसपी चाम्लिङ, नारायण आचार्य, जीवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना आचार्य, सजिव मुग्राती, प्रमेश झा, दिनबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रिजाल र नवराज राई चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा मणिराम ढकाल, तीर्थ आचार्य, मन्दिरा घिमिरे, विनोद राई, अगम विश्वकर्मा र रामप्रसाद आचार्य चयन भएका छन् । प्रदेश सदस्यमा विज्ञान राई, यादव धमला, नवराज पौडेल, गणेश आचार्य, कृष्ण आचार्य र उत्तर बजिमय छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित