जिल्ला भलिबल संघ खोटाङको अध्यक्षमा दिलचक्र राई

  • प्रकाशित मितिः असोज 4, 2083
  • 20 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–जिल्ला भलिबल संघ खोटाङको अध्यक्षमा दिलचक्र राई निर्विरोध निर्वाचित भएका छन् । असोज ४ गते दिक्तेलको शुभदिन होटलमा सम्पन्न संघको दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो ।
अधिवेशनले उपाध्यक्षद्वयमा रजिन राई र लालमान राई तथा महासचिवमा गोपाल साम्पाङ राई छानिएका छन् । कोषाध्यक्ष भने कार्यसमितिको पहिलो बैठकबाट महिलालाई मनोनित गरिने छ । त्यस्तै सदस्यहरूमा शुकदेव राई, सुजन राई, मनिषा विक, किरण वालेम राई, धनन्जय राई र विशाल राई चयन भएका छन् । जिल्ला भलिबल संघ खोटाङको निवर्तमान अध्यक्ष धनकुमार राईको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजुको प्रमुख आतिथ्यतामा तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री चन्द्रवन्दना राईको विशेष आतिथ्यता उक्त अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित