‘खोटाङमा श्रम संस्कृति पार्टीमा ३ सय बढी प्रवेश, ७८ वडामा कमिटी गठन, ५ सय बढी सदस्यता वितरण भएको छ’ : अध्यक्ष नछुङ

  • प्रकाशित मितिः असोज 4, 2083
  • 20 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–श्रम संस्कृति पाटी खोटाङले ७८ वटा वडा कमिटी बनेको जानकारी गराएको छ । उक्त पार्टीले सञ्चालन गरेको संगठन विस्तार, हातेमालो, पार्टी प्रवेश र सदस्यता वितरण कार्यक्रमको बारेमा असोज ४ गते पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।
श्रम संस्कृति पार्टी खोटाङका जिल्ला अध्यक्ष धनिराम नछुङका अनुसार जिल्लाका ७९ वडा मध्ये ऐसेलुखर्क गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्कमा बाहेक अन्य सबै वडामा वडा कमिटी बनेको छ । उक्त वडामा अन्य पार्टीका ठूलै नेताहरू श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको र पार्टीका माथिल्लो तहका नेताहरूको उपस्थितिमा प्रवेश गर्ने चाहना राखेकाले केही दिनका लागि थाँती राखिएको नछुङले बताएका छन् ।
केपिलासगढी गाउँपालिकाबाट गत भदौ २२ गतेदेखि सुरु गरी भदौ ३१ गते जन्तेढुङ्गा गाउँपालिकामा समापन भएको संगठन विस्तार, हातेमालो, पार्टी प्रवेश र सदस्यता वितरण कार्यक्रममा ५ सय बढी पार्टीको सदस्यता कार्ड वितरण, ३ सय बढी पार्टी प्रवेश गरेको नछुङले बताएका छन् ।
यसका साथै २५ वटा घर श्रमदानबाट निर्माण गरी सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरेको र यो दसैंअघि करिब एक दर्जन घर निर्माण गर्ने लक्ष्य राखिएको नछुङले बताएका छन् । त्यस्तै श्रमदानका कामहरू पनि भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित