भरत दाहाललाई तत्काल रिहा गर्न त्रिमूल नेपाल खोटाङको माग

  • प्रकाशित मितिः असोज 4, 2083
  • 47 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–त्रिमूल नेपाल जिल्ला कार्य समिति खोटाङले राजनीतिक विश्लेषक तथा त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहाललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
त्रिमूल नेपाल खोटाङका संयोजक विक्रम राईले जारी गरेको विज्ञप्तिमा दाहाललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै शीघ्र रिहाइको माग गरिएको हो ।
विज्ञप्तिमा असमान सुगौली सन्धिमार्फत नेपाललाई उपनिवेश बनाउँदै आएको, २००७ सालको जनआन्दोलन, २०१२ सालमा सुरु गरिएको भनिएको जनयुद्ध, राजा वीरेन्द्रको वंशनाश तथा २०६२÷०६३ को जनआन्दोलनलगायतका राजनीतिक घटनाक्रमबारे उल्लेख गरिएको छ। त्यसपछि १२ बुँदे सहमतिमार्फत नेपालका राजनीतिक दलहरूले राज्यसत्ताको रिमोट दिल्लीमा सुम्पिएको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ ।
विज्ञप्तिमा पश्चिमी शक्तिको इशारामा मुलुकलाई तहसनहस बनाइएको तथा विशेषगरी युवापुस्तामा पैदा भएको असन्तुष्टि र निराशालाई प्रयोग गरी कथित ‘जेन–जी आन्दोलन’ सञ्चालन गरिएको दाबी गरिएको छ । उक्त आन्दोलनमार्फत बालेन÷सुशासनको नारा ल्याइएको र अमेरिकी ‘युथ काउन्सिल’को कठपुतली सरकार बनेको आरोपसमेत त्रिमूल नेपाल खोटाङले लगाएको छ ।
विज्ञप्तिअनुसार राजनीतिक विश्लेषक, चिन्तक तथा त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहाललाई २०८३ असोज ८ गते मोरङको बेलबारीस्थित प्रहरीले सलकपुरबाट पक्राउ गरी काठमाडौं लैजाने भन्दै विराटनगर लगेको तर काठमाडौं पु¥याएर जानकारी विज्ञप्ती तयार हुदासम्म नपाएको उल्लेख छ ।
त्रिमूल नेपाल खोटाङले दाहालको शीघ्र रिहाइको माग गर्दै विदेशीको इशारामा एक नेपाली नागरिकमाथि गरिएको भनिएको ‘निन्दनीय गिरफ्तारी’को घोर भत्र्सना गरेको छ। साथै, घटनाबारे तत्काल सार्वजनिक गर्नसमेत सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित