जसराज किरातीको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोक्खा जिल्ला कार्यसमिति निर्माण

  • प्रकाशित मितिः असोज 4, 2083
  • 17 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–किरात राई यायोक्खा खोटाङको १० अधिवेशनले जसराज किरातीको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोक्खाको जिल्ला कार्यसमिति सर्वसहमतीले छनौट गरेको छ । असोज ४ सम्पन्न अधिवेशनले उपाध्यक्षमा रेखा राई र किसन राई, सचिवमा उदिम चाम्लिङ, सहसचिवमा सुखदेव राई, डार्विन चाम्लिङ र मणि वाम्बुले, कोषाध्यक्षमा ममता राई, सहकोषाध्यक्षमा प्रमिला राई चयन गरेको हो ।
त्यस्तै सदस्यहरूमा राजहरि राई, रञ्जना राई, दीपक राई, युवराज राई, अविन्द्र राई, मुनिधन वाम्बुले राई, रवीन राई, भनिता राई, राजदेश राई, उमेश राई, सुनिला राई र बसन्त राई नवनिर्वाचित भएका छन् । यायोक्खाका केन्द्रीय सचिव सुमन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित