नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ५–साकेला गाउ“पालिकामा त्यहा“का ९५ प्रतिशत उपभोक्ताले केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्न पाएका छन् । उक्त पालिकाको दुई हजार तीन सय ३५ घरधुरी उपभोक्तामध्ये ९५ प्रतिशत उपभोक्तामा फलामे पोल सहितको केन्द्रीय प्रसारण लाइनको विद्युत बाल्न पाएका हुन् ।
गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार नेपाल विद्युत प्राधिकरण र गाउ“पालिकाको लगानीमा उक्त विद्युत विस्तार गरिएको हो । विद्युत विस्तार गर्न बा“की पा“च प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गरिने अध्यक्ष खड्काले बताए । उक्त पालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएपछि घरेलु उद्योगहरु समेत खुल्न थालेको अध्यक्ष खड्काको भनाई छ । विद्युत विस्तारपछि मानेभञ्ज्यामा गाउ“पालिकाको लगानीमा अल्लो प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तारका लागि गाउ“पालिकाको एक करोड भन्दा बढी लगानी भइसकेको अध्यक्ष खड्काले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित