खोटाङको हलेसी तुवाचुमा आगलागी हुदा १६ लाख ५५ हजार बराबरको क्षति

  • प्रकाशित मितिः कार्तिक 6, 2083
  • 72 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, कात्तिक ५–खोटाङमा विद्युत सर्ट भएर आगलागी हुदा १६ लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटार घुर्चुका कृष्णकुमार राईको घरमा कात्तिक ४ गते राति विद्युत सर्ट भएर घर, मतान र बाख्रा खोर जल्दा १६ लाख ५५ हजार बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार राति करिब १० बजेतिर आगलागी हुदा करिब २० हजार नगद, दुई लाख बराबरको भाँडा वर्तन, एक लाख ५० हजार बराबरको लत्ताकपडा, एक लाख १५ हजार बराबरको अन्नपात, ७० हजार बराबरको चौपाया, १० लाख बराबरको घर, मतान र बाख्रा खोर, एक लाख बराबरको इलेक्ट्रोनिक्स सामानहरू लगायत महत्वपूर्ण कागजातहरू समेत गरी १६ लाख ५५ हजार रूपैयाँ बराबरको क्षति भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउतका अनुसार स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीपछि बस्नका लागि अस्थायी टहरा बनाइएको उपप्रमुख राउतले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित