नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–सातौं सोल्मा अन्तरवडा पुरुष फुटबल प्रतियोगिता कात्तिक दोश्रो साता हुने भएको छ । सोल्मा स्पोर्टस क्लवकोे आयोजनामा आगामी कात्तिक ११ देखि १५ गतेसम्म सोल्मा स्पोर्टस् क्लवको घरेलु खेल मैदानमा हुने भएको हो ।
उक्त प्रतियोगिताका विजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ, उपविजेताले ७७ हजार ७ सय ७७ र सेमीफाइनलिष्ट दुई टिमले ३३ हजार ३ सय ३३ रूपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई दुई हजार दुई सय २२ रूपैयाँ दरले तथा उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले बताएका छन् । त्यस्तै एक जना पत्रकारलाई ५ हजार ५ सय ५५ रूपैया नगद सहित खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने राईले सुनाएका छन् ।
प्रतियोगिताको उद्घाटनको साझ द भ्वइस किड्स सिजन ५ की चर्चित सेफी फाइनलिष्ट बाल कलाकार मेरिल राई लगायत सम्वन्ध ब्याण्डका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । फाइनल खेलमा चर्चित गायिका रचना रिमालका साथमा अन्य कलाकारहरूले प्रस्तुति दिने समेत आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सातौ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सुमो �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २–सुमो ... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक १–काठम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १–दसैं&n... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित