आहा ! क्या राम्रो भुलभुले

  • प्रकाशित मितिः आश्विन २६, २०७५
  • 1485 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेस्थित विभिन्न संरचना निर्माणपछि विधिवत रुपमा उद्घाटन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धनमा जोड दिदै यसको संरचना निर्माण गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बिहीबार यसको विधिवत उद्घाटन गरेका हुन् । पर्यटन प्रबद्र्धनले नगरपालिकाको समृद्धिमा भूमिका खेल्ने भएकाले यसलाई जोड दिएको नगरप्रमुख रिजालले बताए । भुलभुलेस्थित विभिन्न संरचनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३५ लाख रुपैया“ बिनियोजन गरेको थियो । यसले भुलभुले हेर्न लायक बनेको छ । संरचना निर्माणपछि गन्तव्यको केन्द्र विन्दु लायक देखिएको छ । भुलभुलेमा हरेक वर्षको कातिके पूर्णीमाको दिन ठूलो मेला लाग्ने गर्छ । धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । 
तीन दिनसम्म मेला लाग्ने भुलभुलेमा खासगरी साउने हरेलोको दिन धामीझाँक्रीको घुइचो लाग्ने गर्दछ । भुलभुलेमा यलम्बरको मूर्ति, बुढानिलकण्ठ, सात धारा, असला माछा आकर्षणको केन्द्रविन्दु मानिन्छ । कहिलेकाहि“ रातो माछा समेत देखिने स्थानीयको भनाई छ । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुलेमा पछिल्लो समय दैनिक एक सय ५० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । 
बाह्रै महिना एकैनासको पानी बग्ने यो भुलभुलेमा जलशिकारी र सातकन्यदेवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुल्भुल् उम्रिने पानीले नुहाएमा रोग पखालिने जनविश्वास रही आएको छ । भुलभुलेमा आउने तीर्थालुले शान्तिको प्रतिक परेवा उडाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वासमा पूजापाठ गर्ने चलन छ ।यहा“ प्रेमीप्रेमिकाहरुले आपसमा गरेको प्रेमले पूरा होस् भन्ने कामना समेत गर्छन् । दिनहु“जसो युवायुवतीको ओइरो लाग्ने स्थानीयले बताएका छन् । ‘अङ्कमाल गर्दै सेल्फी खिच्नेहरु धेरै हुन्छन् ।’ एक स्थानीयले भने–‘आजभोलि भुलभुलेमा रमाइलो गर्नेहरु बढेका छन् ।’
नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलबजारबाट यातायातका साधनमा करिब आधाघण्टामा पुगिन्छ । यहा“ आउने तीर्थालु बढ्न थालेपछि आसपासमा होटल तथा पसलहरु पनि थपिन थालेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने यो भुलभुले पर्यटन विकासको सम्भावना बढेको छ । मध्यपहाडी लोकमार्गमै पर्ने भएकाले यात्रुले एकछिन रमाइलो गर्ने थलो बनेको छ । 
यसबाहेक पर्यटन प्रबद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्य ठाउ“लाई पनि प्राथमिकतामा राखेको छ । यसअन्तरगत मझुवागढी, महुरेगढी, सहदेवगढी, एलम्बरपार्क, रुपाकोट लागयतका संरचना समेत निर्माण गरिने नगरप्रमुख रिजालले बताए । यसमध्ये मझुवागढीको गुरुयोजना पारित भइसकेको छ भने एलम्बरपार्क निर्माण सुरु हुन लागेको छ । एलम्बरपार्कमा संसारकै ठूलो एलम्बरको शालिक राख्ने तयारी गरिएको छ । 
केही विश्लेषकहरुले भने पर्यटन प्रबद्र्धनका लागि सामाजिक विकासको खा“चो हुने भएकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित