प्रेस चौतारीमा संजीव राई

  • प्रकाशित मितिः पुष 25, 2078
  • 75 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २५– प्रेस चौतारी नेपालको खेटाङको अध्यक्षमा सन्जिप राई चयन भएका छन् । पुस २४ गते दिक्तेलको होटल शुभदिनमा सम्पन्न भएको पा“चौं अधिबेशनबाट राई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा दिवश रिजाल, सहसचिवमा खेम पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल छनौट भएका छन् । सदस्यहरुमा मनोन आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरन्जीबि रिजाल, रोशन राई, उमेश भुजेल छानिएका छन् । अधिवेशनले दमन राई, हरिबोल अचार्य, लोकमणी रिजाल, बद्री आचार्य र टिवन राई सल्लाकार चयन भएका छन् ।
अधिवेशन प्रेस काउसिलका सदस्य दीपक पाण्डे, प्रेस चौतारीको केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्य, एमालेका प्रदेश सदस्य देवान राईले एकसाथ दीप प्रज्वल गरी उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित