हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

  • प्रकाशित मितिः पुष ६, २०७८
  • 687 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ६–रावाबेसी गाउ“पालिकाको केन्द्र हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा मङ्गलबार स्थापना गरिएको छ । बैंकको शाखा कार्यालयको उद्घाटन लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
रावाबेसीमा बैंक स्थापनापछि स्थानीय हर्षित भएका छन् । रावाबेसी गाउ“पालिकाको लामीडाडा“मा स्थापना गरिएको सेन्चुरी कमर्सियल बैंकमा पालिकाले कारोबार नगर्दा सर्वसाधारणले हैरानी व्यहोर्दै आएका थिए । सहज कारोबार गर्न पालिकामै राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।
हरमटारमा स्थापना गरिएको शाखासहित नेपालमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या दुई सय ५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत ष्ठले बताए । वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रमका वक्ताहरुले राष्ट्रिय वाणिज्य बैंकलाई जिल्लामा सञ्चालित अन्य निजी बैंकहरु जत्तिकै प्रतिस्पर्धी र जनमैत्री सेवा प्रवाहमा जोड दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित