मध्यपहाडी लोकमार्गको काम सुरु
- प्रकाशित मितिः आश्विन २१, २०७५
- 1485 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २१–मध्यपहाडी लोकमार्ग अन्तरगत बा“झेच्यानडा“डा–दिक्तेल सडक निर्माण सुरु भएको छ । वर्षाले निर्माण बन्द सडक सुरु भएको हो ।
करिब एक अर्ब नौ करोड १९ लाख रुपैयाको लागतमा सम्पन्न हुनु पर्ने बा“झेच्यानडा“डा–दिक्तेल ८८ किलोमिटर सडक बेलामा नसक्दा अब यसको लागत करिब सवा अर्ब पुग्ने भएको छ ।
यो सडकको चार वटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ बैशाख २ गते, तीन नम्बर प्याकेज २०७२ असार १६ गते र चार नम्बर प्याकेजको २०७२ चैत १६ गते दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसंग संझौता गरेको थियो । यसमध्ये एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको छ । यद्यपि सकडको काम भने ट्रयाक ओपन भन्दा अन्य भएको छैन । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए ।
तीन नम्बर र चार नम्बर प्याकेजको (दिक्तेल–दारुलाचौकसम्मको १८ किलोमिटर ८८–७०) को काम यो आर्थिक वर्षभित्र सकिने सेर्पाले सुनाए । एक र दुई नम्बरको प्याकेजको काम भने ६० प्रतिशत मात्र सकिने सेर्पाको भनाई छ । एक र दुई नम्बरको प्याकेजमा स्ट्रक्चरको काम सकिने सेर्पाले जनाए । बा“झेच्यानडा“डा दिक्तेल सडकका लागि आवश्यक सामग्री अपर्याप्तता र पेटीठेकेदारले गर्दा काममा ढिलाई भएको सम्बद्ध ठेकेदार कम्पनीले जनाएको छ । यसमा पनि गुणस्तरहीन काम भएकाले पेटीठेकेदारलाई हटाइएको सडक विभागका साइट इन्चार्ज इन्जिनियर भरत आचार्यले बताए ।
यसबाहेक यो सडकमा पर्ने सडक पुल भने नसकिने अवस्थामा छ । यो सडक खण्डमा पर्ने नौ वटा पुलमध्ये दुई वटा सकिएको, दुई वटा फागुनभित्र सकिने र अन्य पुल भने कहिले बन्छ भन्ने अत्तोपत्तो छैन । सेर्पाका अनुसार करिब तीन करोडको लागतमा निर्माणाधीन साप्सुखोला पुल र करिब चार करोडको लागतमा निर्माणाधीन चाम्दा खोलाको पुल फागुनभित्र सकिने छ । कालिखोला र लप्से खोलाको पुल भने सकिएको छ । अन्य दुई पुलको ठेक्का लागेको र तीन वटा पुलको टेन्डर नै हुन सकेको छैन ।
गुणस्तरहीन काम :
गत वर्ष निर्माण गरिएका सडक गुणस्तरहीन भएको स्थानीयको गुनासो छ । सबै प्याकेजमा पेटी ठेक्का दिएकाले गुणस्तर नभएको स्थानीयले गुनासो गरेका हुन् । सडकको सब बेसमा प्रयोग गरिएको गिटी गुणस्तर नहुनुका साथै पर्खालमा प्रयोग गरिएका सिमेन्टमा समेत मात्र नमिलाइएको गुनासो आएको हो । सडकमा प्रयोग गरिएका गिटी परीक्षण नै नगरिएको स्थानीय एक कामदारले बताए । ‘जस्तो पायो त्यस्तै गिटी लगाइएको छ ।’ उनले भने–‘पेटी ठेकेदारले काम लगाएकाले सम्वन्धित निर्माण कम्पनीलाई पनि थाहा छैन ।’
अवैध रुपमा गिटी दोहन :
सडकका लागि रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरे भन्ज्याङको गिटी प्रयोग गरेको पाइएको छ । परीक्षण नै नगरिएको र आइई नगरी अवैध रुपमा प्रयोग गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने आइइको प्रक्रिया बढेको बताएका छन् । स्थानीयले भने यसको विरोध गरेका छन् । उक्त क्षेत्र डाडा“खर्क खिसापत्रे सामुदायिक वनको स्वामित्वमा रहेको र त्यहा“ अभ्रख खानी समेत रहेकाले त्यस ठाउ“मा अवैध रुपमा गिटी निकाल्न नहुने खार्मीका एक स्थानीयले बताए ।
खोटाङस्थित डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपालले भने गिटी दोहन अवैध भएकाले तत्काल प्रक्रिया बढाउने बताए । ‘कानुन विपरित गिटी दोहन गरेको देखियो ।’ नेपालले भने–‘अब तत्काल कानुनी प्रक्रिया बढाउ“छौं ।’