पुरानो बैंक चौक अब शंखधर शाख्वा चौक

  • प्रकाशित मितिः कार्तिक २२, २०७८
  • 1504 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, कात्तिक २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंकचोकलाई राष्ट्रिय विभुति शंखधर शाख्वा बैंकचोक नामकरण गरिएको छ । नेपाल सम्वत ११४२ को अवसरमा कात्तिक १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले घोषणा गरेका हुन् ।
राष्ट्रिय विभुती शंखधर शाख्वा सम्मान र सम्झनामा दिक्तेलको पुरानो बैंकचोकको नाम अगाडि शंखधर शाख्वाको नाम राखिएको हो । नेपाल सम्वत ११४६ को अवसरमा दिक्तेल बजार सामाजिक गुठी, नेवा देय् दबु खोटाङ र नेवा मिसा दबु खोटाङको संयुक्त पहलमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा चोकको नया“ नाम घोषणा गरिएको हो ।
शंखधर साख्वा बैंकचोक नामाकरण घोषणा गर्दै नगरप्रमुख रिजालले उक्त ठाउ“मा आगामी वर्ष शंखधर शाख्वाको शालिक राख्न प्रतिवद्घता जनाएका छन् । शंखध्वर शाख्वा बैंकचोक घोषणा तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुअघि दिक्तेलबजारको रत्नपार्कदेखि हाटडा“डा र हाटडा“डाबाट बैंकचोकसम्म प्रभातफेरी गरिएको थियो ।
दिक्तेलबजार सामाजिक गुठीले १२ कात्तिकमा बसेको बैठक तथा गुठी, नेवन देय् दवु र नेवा मिसा दवुको १४ कात्तिकमा बसेको संयुक्त बैठकले नेपाल सम्वत ११४२ लाई भव्यता पूर्वक मनाउ“ने निणर्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित