गाउँ, दसैं र तिमी

  • प्रकाशित मितिः आश्विन २७, २०७८
  • 754 पटक पढिएको
  • संवादताता

टंक राई

हाम्रो सदाबहार नमिठो पसिनाको गन्धलाई
पन्छाउ“दै, पर पर धकेल्दै
जब हररर... अत्तरको वास्ना हावामा लहरियो
तिमी आएछौ भन्ने थाहा भो,
दसैं आएछ भन्ने पनि थाहा भो ।
तिमी आयौ गाउ“मा र
तिमी संगसंगै दसैं पनि आयो ।

गाउ“बाट तिमी रित्तियौ,
फूलमाया“हरु रित्तिए,
गोरे त कतारमै हरायो
गाउ“ रित्तो छ
र सायद तिमीलाई दिने
दसैको सगरमाथा आशिष पनि रित्तिएको छ ।

भर्खरै गाउ“मा डोजरले खनेको
कच्ची बाटोमा बुङ–बुङ धुलो उडाउ“दै
तिम्रो मोटर आयो, भट्भटे आयो
र त्यै धुलोको भवसागर देखेर था भो
तिमी आयौ गाउ“मा
र तिमी संगसंगै दसै पनि आयो ।

हाम्रो गुरासे बैशको बेला
त्यो तिमीले मोटर थन्क्याको चौरमा
रोटे पिङ हुन्थ्यो, अलि पर लिङ्गे पिङ
अहिले कसैलाई सम्झना नि छैन,
त्यसलाई निरन्तरता दिने रामभक्ते पनि छैन ।

तिमी हामीलाई सम्झेर आयौ
कि सहरको कोलाहलबाट भागेर आयौ ?
तिमी हाम्रो दुःख हेर्न आयौ

कि हामीलाई आफ्नो रवाफ देखाउ“न आयौ ?
जे होस् तिमी आयौ र
तिमी संग–संगै दसै पनि आयो ।

काक्राको खल्पी हाल्ने हातहरु
सुकेर उठ्नै नसक्ने भएका छन् ।
खसी खेद्ने मान्छे उट खेद्न गाको छ
विउ नै नपाइने भएका छन् ।

के खान्छौ यो गाउ“मा ?
बन्करले सबै सकेका छन् ।
मुख फेरौं भनेर आयौ
कि हावा–पानी फेरौ भनेर आयौ ?
तिमीले सहरबाट लिएर आएको सिलबन्दी चखाउन आयौ
कि पहिलाको तिनपानेको स्वाद लिन आयौ ?
जे होस् तिमी आयौ गाउ“मा
र तिमी संगसंगै दसै पनि आयो ।

पश्चिम डाडा“मा पहेलो भएको सूर्य
हामी त के जानौं र तेल सकिनै लागेको दियो
हामी त के थाहा पाउनु र औंशी हो कि पूर्णे
आ“खाको डिस हराइसक्यो ।
काल कुरेको हो कि गाउ“
छुट्याउने विवेक नि गुमी सक्यो ।

तिमी अतितको सम्झना सगाल्न आयौ
कि वर्तमानको विभत्सता हेर्न ?
तिमी धागो छिनेको चङ्गा खोज्न आयौ
कि त्यसलाई जोड्न ?
के गर्छौ वर्षदिनमा एक चोटी आएर ?
के गर्छौ दसैं जनाउ“न आएर ?
जे होस् तै पनि तिमी आयौ गाउ“मा
र तिमी संग–संगै दसै पनि आयो ।

निधारमा रातो टिका
कानमा जमरा
सपनाभरि आशा फूलेको होला
एक लहड दोहोरी नि
मच्र्चा दिउजस्तो लागेको होला
के गर्छौ बावै आ“तले साथ छोडेपछि
कस्ले गोबर ल्याइदिने र जमरा हाल्नु
तिमीले नै रातो रङ ल्याको होला,
अलिकति बारिको डिलमा दुवो छ
त्यसैसँग त्यै रातो दल्दिउला निधारभरि ।

मन दुःखाउ“न आयौ कि
मन बुझाउ“न
शान बढाउ“न आयौ
कि मान बढाउ“न
जे होस् गुल्जार बनाउ“दै तिमी आयौ गाउ“मा
र तिमीसंग–संगै दसै पनि आयो

जब धुलो उडाउ“दै
परको डाडा“ तिम्रो मोटरले काट्छ
तिमीले लगाएको अत्तरको वासना
जव विस्तारै विस्तारै हावामा हराउ“न थाल्छ
अनि तिमीसंग–संगै गाउ“बाट दसै जान्छ ।

तिमी आयौ दसै पनि आयो गाउ“मा
तिमी गयौ दसै पनि गयो गाउ“मा ।
भोलिदेखि अत्तरको वासना पनि आउ“दैन
र तिम्रो मोटरको टा“टा“ टुटु पनि बज्दैन गाउ“मा
उही हाम्रो पसिनाको सदाबहार गन्ध मात्र
हावामा बा“की रहन्छ
र अब फेरि गाउ“
आफ्नै गुमेको बैश र बैभव सम्झेर
ब्रम्हनालमा लम्पसार आफैलाई
रु“दै–रु“दै हेरेर बसिरहन्छ चुपचाप
अर्को सालको दसै पर्खेर ।

२०६८ फूलपाती

हाम्रो जालपा ब्लगस्पोटबाट साभार

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित