जनचेतना जगाउ“दै प्रहरी

  • प्रकाशित मितिः आश्विन १७, २०७५
  • 1514 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १७–जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतना मुलक अभियान सञ्चालन गरेको छ ।  जिल्ला प्रहरी कार्यालयको प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रले यो अभियान सुरु गरेको हो । प्रहरीको यो अभियान उदाहरणीय भएको स्थानीयले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका करिब आधा दर्जन विद्यालयहरुमा यो जनचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ । महिला तथा बालबालिकासंग सम्वन्धित आपराध, यौनजन्य, घरेलु हिंसा लगायतका महिला तथा बालबालिका विरुद्ध हुने अपराधको बारेमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणलाई जानकारी गराइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । यसबाहेक लागू औषध, साइबर अपराध, नया“ मुलुकी संहितासम्वन्धी पनि जानकारी गराइएको डिएस्पी केसीले बताए । 
प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र प्रहरी सहायक निरीक्षक प्रमुख सीता पछाईले यो कार्यक्रमको नेतृत्व गरेकी छन् । उक्त कार्यक्रममा डिएस्पी केसी समेतको सहभागिता रहने गरेको डिएस्पी केसीले बताए ।
यो अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–१ स्थित एभरेष्ट बोर्डिङ स्कुल, वडा नं–२ स्थित हिमालय आधारभूत विद्यालय, सिद्धेश्वरी आधारभूत विद्यालय, वडा नं–५ स्थित बालविकास प्राथमिक विद्यालयमा सम्पन्न भइसकेको छ । यसबाहेक जिल्ला अदालत खोटाङले नया“ मुलुकी संहिता बारे जालपा मावि नुनथलामा समेत कार्यक्रम आयोजना गरेको थियो ।
प्रहरीको यो अभियान निक्कै उपलब्धिमुलक भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सप्तमनि राईले बताए । ‘वर्तमान अवस्थामा प्रहरीको यो अभियान उपलब्धि मुलक हुन्छ ।’ राईले भने–‘सबै विद्यालय र गाउ“–टोलमा यो अभियान सञ्चालन गरे चेतना विकास हुने देखिन्छ ।’ राईले थपे–‘यसको बारेमा सबैको सहयोग हुन जरुरी छ ।’ 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित