सविना अछामे–
खोटाङ, साउन ४–दिक्तेल बजार भन्ने बित्तिकै एउटा सुन्दर बजारको हो । तर सडकको अवस्था हेर्ने हो भने हेरिसक्नु छैन ।
हिलाम्मे सडकले दिक्तेल बजार नै कुरुप बनाएको छ । सिचाइ गेटदेखि हाटडाडा“सम्मको सडक हिडिसक्नु छैन । यसमध्ये सिचाइ गेटदेखि त्रिवेणीचौकसम्मको कामका लागि शहरी विकासको बजेटमा ठेक्का समेत लागिसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार उक्त निर्माण कम्पनीले काममा ढिलाई गरेको नगरप्रमुख रिजालले सुनाए ।
यो कामको ठेक्का सूर्या विकास जेवीले लिएको हो । दुई करोड ६८ लाखको लागतमा चार महिनामा सक्ने गरी सूर्या विकास जेवीले ठेक्का लिएको हो । उक्त निर्माण कम्पनीले गत असार ९ गते शहरी विकाससंग संझौता गरिसकेको सूर्या विकास जेवी सम्बद्ध दिनेश शाहले बताए । शाहका अनुसार मङ्सिर ३० गतेभित्र काम सकिने छ ।
यो ठेक्का ४२ प्रतिशत कममा ठेक्का पारिएकाले गुणस्तरमा भने ध्यान दिनु पर्ने स्थानीयले बताएका छन् । चार करोड ४० लाखको बजेटको टेन्डर आह्वान गर्दा ४२ प्रतिशत कममा ठेक्का लिएकाले यसबारेमा सचेत भएर काम गराउनु पर्ने नगरप्रमुख रिजालले जनाए । यसका लागि दिक्तेल बजारबासीले बढी निगरानी गर्नु पर्ने रिजालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित