सविना अछामे–
खोटाङ, साउन ४–वर्षैपिच्छे बजेट विनियोजन हुन्छ । खर्च पनि हुन्छ । तर सडकको प्रगति भने त्यत्ति देखिएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बैंक चौकदेखि वडा नं ४ खाल्लेको वडा कार्यालयसम्मको सडकको कामले भने खासै गति लिएको नदेखिएको हो ।
उक्त सडकका लागि वर्षैपिच्छे बजेट विनियोजन भए पनि करिब साडे पा“च किलोमिटर सडकको प्रगति भने खासै नभएको स्थानीयको गुनासो छ । ‘अहिलेसम्म छुट्टयाइएको बजेटले पिच सडक भइसक्थ्यो होला ।’ एक स्थानीयले भने–‘छुट्टयाइएको बजेटले सडकको कामले त्यत्ति गतिलिएको देखिदैन ।’
वडाअध्यक्ष डिल्लीकुमार राईका अनुसार उक्त सडकका लागि नगरपालिका, वडा र शहरी विकास गरी करिब करोडको हाराहारीमा बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको १५ र वडा कार्यालयको १५ गरी तीस लाख, आर्थिक वर्ष ७६/७७ मा शहरी विकासको दश लाख, आर्थिक वर्ष २०७६/७७ मा वडाकै सात लाख, आर्थिक वर्ष २०७७/७८ मा १५ लाख बजेटले सडक खनिएको हो । यत्तिको बजेट खर्च गरेर विभिन्न उपभोक्ता समिति मार्फत बनाइएको सडक हिड्नै समस्या भएको स्थानीयको गुनासो छ ।
उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका मिनुहाङ राईका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ७० प्रतिशत ट्रयाक ओपनका लागि माटो कटिङ र ३० प्रतिशत स्ट्रक्चरको काम गर्ने भनिए पनि सबै बजेटको ट्रयाक ओपनको काम भएको हो । यसले बैंकचौकदेखि कामीडाडा“ बरसम्म ट्रयाक ओपन गरिएको थियो । त्यतिखेर स्ट्रक्चरको काम नगरी उक्त शीर्षकको बजेटले ट्रयाक ओपनै गरेकाले पाउनु पर्ने पैसा नपाएको राईको गुनासो छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता समिति मार्फत जिल्ला प्रहरी कार्यालयमुनि ढलान गरेको र बा“की रकम सोलिङमा खर्च गरिएको त्यत्तिखेरको उपभोक्ता समितिका अध्यक्ष विनोद बस्नेतले बताए । सात लाखमध्ये पा“च लाख मात्र बजेट पाइएको बस्नेतले सुनाए ।
शहरी विकासको दश लाख रुपैया“ले नेवारटोलदेखि वडा कार्यालय जानेबाटोको सोलिङ, कटिङ लगायतको काम गरिएको उपभोक्ता समितिका अध्यक्ष रोसन राईले बताए ।
यो वर्ष पनि २५ लाख रुपैया“ विनियोजन गरिएको छ । यसले सडकको स्तरउन्नति गरिने वडाअध्यक्ष राईको भनाई छ । ‘यसपालि चाहि“ सरोकारवालाहरु सबैलाई बोलाएर काम गरिन्छ’ अध्यक्ष राईले भने ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित