दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ८६ प्रतिशत बढी खर्च ग¥यो, प्रभावकारी रुपमा काम भएको दाबी

  • प्रकाशित मितिः श्रावण ३, २०७८
  • 800 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा कुल बजेटको ८६ प्रतिशत बढी खर्च गरेको छ । साउन २ गते ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रम गरी कुल ९३ करोड, ४६ लाख ६८ हजारमध्ये ८६ दशमलव २५ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार पूजी“गततर्फ ३० करोड ५४ लाख २२ हजारमध्ये ८१ दशमलव १३ र चालुतर्फ ५० करोड सात लाख ५७ हजारमध्ये ८९ दशमलव ७० प्रतिशत खर्च भएको छ ।
नगरले आर्थिक वर्ष २०७७÷७८ मा कृषिलाई प्राथमिकतामा राखेर काम गरिएको नगरप्रमुख रिजालले बताए । उनका अनुसार बा“झो जमिन खेतीका लागि अनुदान कार्यक्रम, एक वडा एक पकेट कार्यक्रम, युवा उद्यमी कृषि विकास कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई कृषिमा व्यवसायिकीकरणका लागि सामग्री वितरण, महिला तथा पछाडिएका वर्गका लागि च्याउ उत्पादन प्रविधि एबम् बीउ सहयोग कार्यक्रम, माटो परीक्षणका लागि उपकरण वितरण, पशु नश्ल सुधार तथा कृतिम गर्भाधान कार्यक्रम लगायतका योजना सम्पन्न गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुदतर्फ नेर्पामा चार कोठे तथा अन्य वडामा दुई कोठे गरी १६ वटा विद्यालय भवन निर्माण र घेराबारा, नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुका कक्षा–१ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, सामुदायिक विद्यालयहरुमा कक्षा–६ देखि १२ का छात्राहरुलाई सेनिटरी प्याड, आइसीटी कार्यक्रम ५८ विद्यालयलाई उपकरण (एक–एक थान कम्प्युटर, एक–एक थान डेस्कटप र इन्टरनेट जडान), प्रदेश सरकारको सहयोगमा बुइपास्थित राजाबास खेल मैदानको क्रमागत योजना, जालपा कभर्ड हल निर्माण योजना, माटिकोरे खेल मैदान निर्माण क्रमागत योजना थालनी लगायतका योजनाहरु भएका छन् ।
स्वास्थ्यतर्फ कोरोना न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि पनि उल्लेख्य काम गरेको रिजालले सुनाए । जिल्लाभरकालाई समेट्ने गरी जिल्ला आयुर्वेद कार्यालय खोटाङमा अक्सिजन लगायतका अत्यावश्यक सुविधाहरु सहितको अस्थायी कोभिड अस्पताल स्थापना, नगरवासीहरुको नियमित एन्टिजेन तथा बेला बेलामा पिसिआर परीक्षण, संक्रमितका लागि नगर प्रमुख र उपप्रमुखले प्रयोग गरिरहेको गाडी तथा अन्य एम्बुलेन्स्, कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरु खरिद गरी स्वास्थ्य संस्थाहरुमा वितरण लगायतका स्वास्थ्यसम्वन्धी विभिन्न कामहरु गरिएको रिजालले बताए ।
स्वास्थ्य अन्तरगत ब्लडबैंक भण्डारण, पाथेका र बुइपामा टेलिमेडिसिन कार्यक्रम, बुइपा र निर्मलीडाडा“मा प्रयोगशाला स्थापना, बुइपामा सुरक्षित गर्भपतन सेवा (निशुल्क) र नेर्पामा प्रसुति सेवा सुरु, नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको रगत समूह पहिचान, सोल्मा, खाल्ले र बुवालुङमा स्वास्थ्य चौकी भवन निर्माण लगायतका कार्यक्रमहरु गरिएको रिजालले बताए ।
पूर्वाधार विकासतर्फ नगरपालिकाको प्रशासकीय भवन, ११ वटा वडाको कार्यालय भवन, दिक्तेल बहुमुखी क्याम्पसको भवन, मझुवागढीमा वाबु(चिण्डो)को प्रतिमा, विभिन्न वडाहरुमा खानेपानी योजनाहरु, बगरेभन्ज्याङमा पार्क निर्माण, रत्नपार्कमा सपिङ कम्प्लेक्स् तथा चिल्ड्रेन पार्क, नया“ ट्रयाकओपनलाई निरुत्साहित गरी सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको लगायतका कार्यक्रमहरु भएको नगरप्रमुख रिजालको भनाई छ । यसबाहेक विद्युत प्राधिकरणको समन्वयमा काठेपोललाई विस्थापित गरी फलामे पोल व्यवस्थापन सुरु, नगरको प्रत्यक्ष समन्वय र सहकार्यमा दिक्तेल बजार खानेपानी अयोजना अन्तिम चरणमा पुगेको समेत प्रमुख रिजालले सुनाए ।
महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित वर्ग समुदाय अन्तरगत उपप्रमुखसंग महिला कार्यक्रम मार्फत महिला सशक्तीकरण, उद्यम विकास, नेतृत्व तथा क्षमता विकास, सीप विकास, महिलासंग सम्वन्धित साना पूर्वाधारका कार्यक्रमहरु समेत सम्पन्न गरिएको रिजालले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रम (गरिवका लागि छानो) अन्तरगत तीन सय ४८ घरको फुसको छानो विस्थापित गरी जस्तापाताको छानो, सबै वडाहरुको सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणाली मार्फत सुरु गरिएको, नगरक्षेत्रका १५ वटा आमा समूहलाई एक–एक थान कुटानी–पिसानी मिल, आरन पेशालाई प्रबद्र्धन गर्न १५ जनालाई वेल्डिङ मेसिन, विपन्न एकल महिला अम्बिका खतिवडालाई घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख रिजालले बताए । त्यस्तै लोपोन्मुख नौमती बाजालाई संरक्षण तथा प्रबद्र्धन गर्न दलित समुदायलाई नौमती बाजा, नगरभित्रका फरक क्षमता भएका पा“च जनालाई विउ पू“जीको रुपमा नगद १५ हजार उपलब्ध, गर्भवती महिलाहरुलाई पोषण झोला वितरण लगायतका कार्यक्रम सम्पन्न गरिएको नगरप्रमुख रिजालको भनाई छ ।
सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ करिब ५० वटा स्थानीय नगर ऐन, नियम, कार्यविधि, निर्देशिकाहरु निर्माण गरी लागू गरिएको, विभिन्न विषयमा परेका १७ वटा उजुरीमध्ये न्यायिक समितिबाट दश वटा उजुरी फछ्र्यौट गरिएको र अन्य सात वटा चाहि“ कोरोनाका कारण फछ्र्यौट हुन बा“की रहेको नगरप्रमुख रिजालले सुनाए । केही वडामा अनलाइन सफ्टवेयर मार्फत राजश्व सङ्कलन सुरु गरिएको समेत नगरप्रमुख रिजालले बताए ।
सेवा प्रवाह सुधारका लागि समृद्ध नगर ः सेवा प्रवाहमा गुणस्तर, समृद्ध नगर ः निर्माणमा गुणस्तर, मेरो प्रतिज्ञा ः मेरो प्रतिबद्धता अभियान, व्यवस्थित अनुगमन, अधूरा–अपूरा कामहरुलाई सम्पन्न गर्नमा जोड दिने नगरप्रमुख रिजालले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित