एमालेका सुक्रबहादुरको निधन

  • प्रकाशित मितिः असार १८, २०७८
  • 617 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १८–नेकपा एमाले खोटाङका जिल्ला सदस्य सुक्रबहादुर विश्वकर्माको निधन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ निवासी विश्वकर्माको कोरोनाका कारण असार १५ गते निधन भएको हो ।
विश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङका अध्यक्ष पनि हुन् । नेकपा एमाले खोटाङ र नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङले शोक विज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धान्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ । शोक विज्ञप्तीमा विश्वकर्माको निधन स्वास्थ्यकर्मीको हेल्चेक्राई“ले भएको समेत आरोप लगाइएको छ । एमालेको तर्फबाट जारी गरेको शोक विज्ञप्तीमा एमाले खोटाङका अध्यक्ष राम दङ्गाल र नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट जारी शोक विज्ञप्तीमा १ नम्बर प्रदेश सह–इन्चार्ज चर्चबहादुर विश्वकर्मा, उपाध्यक्ष रमेश परियार र दीपक ठटालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित