किरातीको उभौली : विधि मात्र फुकाइयो

  • प्रकाशित मितिः जेठ १२, २०७८
  • 722 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १२–यो वर्ष किराती समुदायले विधि मात्र गरेर उभौली पर्व सुरु गरेका छन् । यो वर्ष कोरोना कहरले कुल तथा प्रकृतिको पूजा आराधना गरी विधि मात्र फुकाएका हुन् ।
ढोल, झ्याम्टाको तालमा साकेला नाचेर उभौली पर्व मनाउनु पर्नेमा यो वर्ष कोरोनाले आक्रन्त पारेपछि विधि मात्र फुकाइएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातीले बताए । ‘ढोल, झ्याम्टाको तालमा साकेला नाचेर उभौली पर्व सुरु गरिन्थ्यो ।’ किरातीले भने–‘यो वर्ष भने विधि मात्र फुकाइयो ।’
किरातीहरुले बैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णीमा उधौली गरी वर्षमा दुई चोटी प्रकृतिको पूजा आराधना गर्छन् । बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली मनाउने चलन छ । यो बेला खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने संस्कृति छ । 
त्यस्तै उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णीमाको दिनदेखि उधौली पर्व मनाउने चलन छ । 
बुधबार दिक्तेलस्थित किरात राई यायोक्खाको भवन र मझुवागढीमा प्रकृतिपूजा गरी उभौलीको सुरुवात गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए । अब एक महिनासम्म आ–आफ्नो कुलमा प्रकृतिको पूजा आराधना गरी मनाइने चाम्लिङले बताएन । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित