शैक्षिक गुणस्तरका लागि कार्यसम्पादन करार संझौता

  • प्रकाशित मितिः आश्विन १३, २०७५
  • 1525 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १३–शिक्षाको गुणस्तर सुधारका लागि दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकहरुलाई कार्यसम्पादन करार संझौता गराएको छ । शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधार सहितका विभिन्न विकास प्रस्ताव सहित नगर शिक्षा अधिकृत पञ्चकुमार राईसंग नगरपालिका क्षेत्रभित्रका १८ वटा सामुदायिक विद्यालयका प्रअहरुलाई शनिबार कार्यसम्पादन करार संझौता गराएको हो ।
प्रअहरुसंग हस्ताक्षरअघि अधिकृत राईले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा पाण्डे केसीसंग कार्यसम्पादन करार संझौता गरेका थिए । शैक्षिक गुणस्तरका लागि सुक्रबार र शनिबार बृहत छलफलपछि यो कार्यसम्पादन करार संझौता गरिएको हो । 
करार संझौतामा विद्यालय विकास प्रस्ताव तयार गरी त्यसअनुसार कार्यान्वयन गर्ने, वाषिर्क शैक्षिक योजना बनाएर कार्यान्वयन गर्ने, आगामी शैक्षिक सत्रदेखि प्रारम्भिक कक्षादेखि ५ कक्षासम्म अङ्ग्रेजी माध्यममा पठन–पाठन गराउ“ने उल्लेख गरिएको छ । त्यस्तै प्रत्येक शैक्षिक सत्रको बैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समहूका सम्पूर्ण विद्यार्थीलाई भर्ना गराउ“ने, प्रत्येक शैक्षिक सत्रको बैशाख १६ गतेबाट अनिवार्य पठन–पाठन सुरु गर्ने, विद्यार्थीको वैक्तिक विवरण फायल तयार गरी नतिजा प्रकाशन गरी प्रत्येक त्रेमासिक परीक्षाको उत्तरपुस्तिका अभिभावकलाई बुझाउने, प्रत्येक महिनाको मसान्तको दिन महिनाभरिको सिकाइ प्रगतिको प्रतिवेदन शिक्षकहरुबाट लिने उल्लेख छ । 
त्यसैगरी सुक्रबार र मसान्तको दिन पनि पूरै दिन कक्षा लिने, विद्यालय क्षेत्रमा सरसफाइ, फूलबारी, बगैंचा निर्माण गर्ने, कक्षा कोठालाई सुन्दर, सफा र बालमैत्री बनाउने, पुस्तकालय, सूचना प्रविधि सुविधा र श्रव्य, दृष्य सामग्री व्यवस्था गर्ने, प्रत्येक वर्षको असार मसान्तसम्ममा विद्यालय सुधार योजना निर्माण गरी श्रोत व्यक्ति मार्फत नगर शिक्षाशाखामा पेश गर्ने उल्लेख छ ।
त्यस्तै शिक्षक सत्रको अन्तमा सबै शिक्षकहरुलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धि एकीन गर्न लगाई आगामी सत्रको शिक्षण सुधार योजना निर्माण गरी प्रत्येक वर्ष पा“च प्रतिशतले सिकाई उपलब्धि बृद्धि गर्न योजना प्रक्षेपण गर्न लगाउ“ने, विद्यालयको आर्थिक, भौतिक शैक्षिक तथा व्यवस्थापकीय पक्षको सामाजिक परीक्षण गराई अभिभावक बीच सार्वजनिक र छलफल गरी श्रोतव्यक्ति मार्फत नगर शिक्षा शाखामा पेश गर्ने उल्लेख छ । 
विद्यालय तथा सम्बद्ध निकायमा रहदा पोशाक अनिवार्य लगाउने, नगरपालिकाबाट तयार गरिएका आचार संहिताको पूर्ण रुपले पालना गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनउान शिक्षण सिकाई क्रियाकलापलाई सहजतापूर्ण र मनोरन्जनात्मक बनाउन प्रोजेक्नर मार्फत शिक्षण गर्ने, प्रत्येक विद्यालयको इमेल, वेवसाइट र सीसी क्यामेरा सञ्चालनको वातावरण बनाउ“ने, विद्यार्थीलाई पोषाक, टाइ, जुत्ता लगाउने वातावरण सिर्जना गर्ने, दोहोरो लेखा प्रणाली बनाउ“ने लगायतका बु“दाहरु उल्लेख गरिएको छ ।
गत वर्ष नगरपालिकाले पारित गरेको नगर शिक्षा नियमावलीमा कार्यसम्पादन करार संझौता उल्लेख थियो । यसले शैक्षिक गुणस्तरमा सुधार आउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । 
शिक्षा नियमावली शिक्षाविद विद्यानाथ कोइराला नेतृत्वको सहितको बृहत शैक्षिक सेमिनार आयोजना गरी शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुले आचार संहितामा समेत हस्ताक्षर गरेका थिए ।
नियमावलीमा नगरपालिकाभित्र सञ्चालित विद्यालयका शिक्षक अब कुनै पनि पार्टीको कुनै पनि पदमा रहन नपाइने व्यवस्था गरिएको छ । नियमावलीमा निजामती सोशरह शिक्षकहरुको बिदा र सेवा सुविधाको व्यवस्था गरेको छ । सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मको लागि बिदाको सुविधाका साथ पा“च हजार सुत्केरी खर्चको व्यवस्था गरेको छ । कुनै विद्यालयमा एक मात्र शिक्षिका भएको र त्यो शिक्षिका सुत्केरी भएर ९८ दिन विद्यालय बन्द हुने अवस्था आएमा नगरले जगेरा शिक्षक कोषको स्थापना गरी त्यस्तो विद्यालयमा जगेरा शिक्षकलाई पठाएर नियमित पठनपाठन सुचारु गर्ने व्यवस्था गरेको छ । 
शिक्षकहरुको प्रोत्साहनका लागि नगरको हकमा नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञ र वडाको हकमा वडा शिक्षक समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञको सहभागितामा मापदण्ड बनाएर शिक्षकहरुको मुल्याङ्कन नियमित रुपमा गर्ने र मुल्याङ्कनका आधारमा हरेक नगर र वडाका उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रधानाध्यापक र हरेक वडाका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने छ । नगरभित्र शिक्षकहरुको पदपूर्ती गर्नुपरे नगरभित्र परीक्षा गराएर पदपूर्ती गर्ने व्यवस्था गरेको छ । तर स्थानीय अस्थायी कर्मचारीको हकमा सम्बन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनौट गर्ने व्यवस्था गरेको छ । नगरले सार्वजनिक गरेको नगर शिक्षा नियामावलीमा नगरका प्रत्येक वडामा वडा शिक्षा समितिको व्यवस्था हुने, नीति, नियम, र योजना बनाउने काम वडा शिक्षा समितिले र नगर शिक्षा समितिले गर्ने र कार्यान्वयन नगरको शिक्षा शाखा र बहुप्रशासकीय अधिकृतले गर्ने व्यवस्था गरिएको छ । लेखा परिक्षण गर्दा स्तरिय लेखा परीक्षक (चार्टर एकाउण्डटेन) बाट अनिर्वाय रुपमा लेखा परीक्षण गर्ने व्यवस्था गरेको छ । 
नगरले माध्यमिक तहमा एमएड उतीर्ण गरेको शिक्षकलाई प्रअ बनाउने नीति अबलम्बन गरेको छ । नियामावलीमा व्यवस्था गरिएको विकास प्रस्ताव तयार गरी प्रधानध्यापकलाई नियुक्त गरिने छ र त्यो योग्यता र क्षमता पुगेको प्रधानाध्यापकलाई दश प्रतिशत थप सुविधाको समेत व्यवस्था गरिएको छ । नियामावलीमा व्यवस्था भएअनुरुपको विकास प्रस्ताव भन्दा बाहिर रहेर नियुक्त भएको प्रधानाध्यापकको हकमा थप सुविधा लागू नहुने नियमावलीमा उल्लेख छ । 
नगरले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्वन्धित तह उतीर्ण गरेको विद्यालयका अभिभावकहरुबाटै अध्यक्ष हुने व्यवस्था गरेको छ । नगरले नगरशिक्षा समितिमा शिक्षकहरुको महासंघको प्रतिनिधि तथा वडा शिक्षा समितिमा विद्यालयका शिक्षक र भूतपूर्व शिक्षकहरु प्रतिनिधित्व रहने व्यवस्था गरेको छ । नगरले शिक्षाको गुणस्तरमा परिवर्तन ल्याउनका लागि खोज अनुसन्धानमुलक, परियोजनामुलक र प्रविधिमुलक शिक्षालाई जोड दिएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको सहभागितामा सामुदायिक विद्यालयहरुमा सकेसम्म अङ्ग्रेजी माध्यममबाट पठनपाठन सुरु गर्ने व्यवस्या गरेको छ । यस्तै नगरले निजामति सोसरह शिक्षकहरुको बिदा र सेवा सुविधाको व्यवस्था गरेको छ । नगरले सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मको लागि बिदाको सुबिधासंगै प्लस पा“च हजार सुत्केरी खर्चको व्यवस्था गरेको छ । कुनै विद्यालयमा एक मात्र शिक्षिका भएको र त्यो शिक्षिका सुत्केरी भएर ९८ दिन विद्यालय बन्द हुने अवस्था आएमा नगरले जगेरा शिक्षक कोषको स्थापना गरी त्यस्तो विद्यालयमा जगेरा शिक्षकलाई पठाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्ने व्यवस्था गरेको छ । स्थानीय अस्थायी कर्मचारीको हकमा सम्वन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनौट गर्ने व्यवस्था गरेको छ । नगरले भक्तपुर नगरपालिकाले खोप कलेजको अभ्यास गरेअनुसार वडाभित्र अथवा कुनै क्षेत्रभित्र आफ्नै स्वामित्वमा रहनेगरि अथवा अरुसँगको साझेदारीमा कलेज र विद्यालय खोल्न पाउने व्यवस्था गरेको छ । 
यदि कुनै सामुदायिक विद्यालय समुदाय अथवा विद्यालय व्यवस्थापन समितिले जिम्मा लिएर आफै विद्यालय चलाउने भए त्यस्ता विद्यलाय अथवा वडालाई एकमुष्ट रकम प्रदान गर्ने र त्यहा“ भएका सबै दरबन्दी नगरपालिकाले लिने व्यवस्था गरेको छ । नगरले जनप्रतिनिधिको हकमा कुनै विद्यालयको सञ्चालक समितिमा रहेको भए सञ्चालक समितिमा नरहने व्यवस्था गरेको छ । यस्तै, शिक्षकहरुको हकमा धुम्रपान, मध्यपान लगायतका सूर्तीजन्य वस्तु सेवन गरेर विद्यालय समयभित्र विद्यालय प्रवेश गर्न नपाउने नियमावलीमा उल्लेख छ । नगरपालिकामा १७ मावि, १२ आधारभूत र ६१ प्रावि छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित