नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २१–जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालित विभिन्न बैंकहरुका लागि समय तालिका निर्धारण गरेको छ । बैशाख २१ गते प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा बसेको बैठकले दिनमा दुई घण्टा मात्र अत्यावश्यक कामका लागि बैंक खोल्ने समय तालिका निर्धारण गरेको हो ।
बैठकले राष्ट्रिय वाणिज्य बैंक आइतबार, मङ्गलबार र बिहीबार, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौ र एसबिआइ बैंक आइतबार र बुधबार विहान एघार बजेदेखि एक बजेसम्म खोल्ने समय तालिका निर्धारण गरेको छ । नेपाल बैंक लिमिटेड, एनआइसी एसिया, सालपा विकास बैंक र सनराइज बैंक सोमबार र बिहीबारका लागि समय तालिका निर्धारण गरेको छ ।
कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, ज्योति विकास बैंक, माछापुछ«े बैंक र सानीमा बैंकका लागि मङ्गलबार र सुक्रबार विहान एघार बजेदेखि दिउसो एक बजेसम्म समय तालिका निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित