सविना अछामे–
खोटाङ, बैशाख १६–भूकम्पपछि जिल्लाको सय वर्ष पुरानो गुम्बा पुःननिर्माण हुने भएको छ । २०७२ साल बैशाख १२ गतेको महाभूकम्पका कारण क्षति पुगेको केपिलासगढी गाउ“पालिका–१ फेदीस्थित तेछेन छोलिङगुम्बा सय वर्ष पुरानो भएकाले टेण्डरमार्फत पुःननिर्माणको प्रक्रिया बढाइएको हो ।
राष्ट्रिय पुःननिर्माण प्राधिकरणका इन्जिनियर रावलका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा तीन वटा गुम्बा पुःननिर्माण हुने भएको हो । यसबाहेक अन्य दुई वटा गुम्बा पनि पुःननिर्माण हुने भएको छ । यसका लागि उपभोक्ता समितिसंग सम्झौता गरेर काम अघि बढाइएको छ । प्राधिकरणले ५४ लाखमा ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कस्थित बुद्घ छोलिङ गुम्बा र ७९ लाखमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेस्थित थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ गुम्बा पुःननिर्माणको काम अघि बढाएको हो ।
भूकम्पबाट क्षति पुगेका जिल्लाका सात वटा गुम्बा पुःननिर्माणमा परेकामा अझै चार गुम्बाको बजेट आउ“न बा“की रहेको राष्ट्रिय पुःननिर्माण्न प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित