‘जनता सन्तुष्ट हुनु नै हाम्रो उपलब्धि हो’

  • प्रकाशित मितिः असार १६, २०७५
  • 1997 पटक पढिएको
  • संवादताता

स्थानीय तह कार्यान्वायनमा आएको एक वर्ष बितेको छ । स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षहरुलाई न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरीवेक्षण, स्थानीय राजस्व परामर्श समितिको संयोजक लगायतको जिम्मेवारी र क्षेत्राधिकार तोकिएको छ । यसैबीच खोटाङको पहिलो तथा ऐतिहासिक नगरपालिकाको रुपमा स्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप मेयर विणादेवी राईलाई एक वर्षको कार्यानुभूति तथा आगामी योजना लगायतको बारेमा गरिएको कुराकानी : 
नगर उपप्रमुखको सपथ लिनुभएको एक वर्ष बित्दा के–कस्ता कामलाई महत्व दिनुभयो ? उपलब्धि के भयो ?
हामीले निर्वाचित भई जनताको नाममा सपथ खाएको २०७५ असार १८ गतेका दिन एक वर्ष पूरा भएको छ । सर्वप्रथम त मलाई विश्वास गरी यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय नगरबासीमा हार्दिक आभार प्रकट गर्छु । मलाई उपमेयर पदमा विश्वास गरी निर्वाचित गराउनु भएकोमा धन्यवाद् ।
यस अवधिमा मैले जनप्रतिनिधिको हैसियतले सबै खाले समस्याहरुलाई उत्तिकै महत्वका साथ लिएको छु । नयाँ संरचना, पहिलो वर्ष नीति नियम निर्माणमा पनि धेरै समय दिनुप¥यो । किन कि हामीले हरेक कुरालाई एकदमै नयाँ ढङ्गले व्यवस्थापन गर्नु परेको छ । अव्यवस्थित नगरपालिकालाई व्यवस्थित नगर निर्माण गर्ने अवधारणा बमोजिम हामी जुटिरहेका छौं । अहिलेको अवस्थावाट पाँच वर्षभित्र कस्तो नगर बनाउने भन्ने कुरा निर्धारण गर्न ‘समाजवाद उन्मुख सभ्य र समृद्द नगर ः दिक्तेल रुमबासीको रहर !’ भन्ने नाराका साथ नगरपालिकाको आवधिक योजना निर्माण भइसकेको छ । यही योजनालाई आधार बनाएर ०७५÷७६ को बजेट निर्माण गर्दैछौं । एक वर्षको अवधिमा सबै क्षेत्रको एकै साथ विकास गर्न नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन पूर्वाधार विकास लगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको मेरो ठम्याई छ । बालबालिका, दलित, महिला, आदिवासी जनजाति जस्ता लक्षित वर्ग सबैको समावेशी विकास होस् भन्ने ध्ययले सीप तथा आयमूलक गतिविधिको लागि तालिमहरु नगरपालिकाले सञ्चालन गरेको छ । जहाँसम्म उपलब्धिको कुरा गर्नुभएको छ, हामीले गरेको कामप्रति सबै जनता सन्तुष्ट छन् । त्यो नै हो उपलब्धि हो । किन कि म एक जनप्रतिनिधि जनताको हितमा संधै काम गर्ने उद्देश्य भएकोले पनि उहा“हरुको खुसी नै उपलब्धि मान्छु ।
उपप्रमुखको जिम्मेवारी र अधिकार सन्तुलित छ त ?
उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरिरह“दा अहिलेसम्म त्यस्तो असहजता महसुस गर्नु परेको छैन । विगत भन्दा धेरै अधिकार उपप्रमुखको लागि प्रत्यायोजन भएको अवस्था छ । जस्तो, न्यायिक समितिको संयोजक, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरीबेक्षण, स्थानीय राजस्व परामर्श समितिको संयोजक लगायत थुप्रै जिम्मेवारी र अधिकार उपप्रमुखलाई दिइएको छ । यो एउटा अवसर र चुनौति पनि हो । यो अवसरलाई बुझेर नै चुनौतिको सामना गर्न मानसिक रुपले नै तयार बनेको छु । मलाई जनताले निर्वाचित गराएको दिनबाट आजसम्म कहिल्यै आफ्नो जिम्मेवारी भुलेको छैन । जब–जब जनताको काम गरिरहन्छु तब आफ्नो जिम्मेवारी पूरा गरिरहेको महसुस हुन्छ । नगरको सबै जसो काममा प्रमुखसंगको समन्वय छ र हर क्षेत्रबाट सहयोग पनि गरिरहेको छु । यसो हु“दा व्यवहारिक हिसाबले समेत सन्तुलित नै रहेको पाउँछु ।
नगरपालिकाको न्यायिक समितिमा के–कस्ता मुद्दा अर्थात विवादहरु बढी आउने गरेका छन् ?
स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक समितिलाई तोकेको अधिकार क्षेत्रका विवादहरु आएका छन् । हामीले पनि न्यायिक कार्यविधि पास गरेका छौं । त्यही ऐनले तोकेको क्षेत्राधिकार भित्रको मुद्दाहरु हेर्ने गरेका छौं । जस्तै लेनदेनको विवाद तथा समस्या, खानेपानीको विवाद तथा समस्या, सा“ध सिमाना विवाद, श्रीमान–श्रीमति विवाद आदि । स्थानीय ऐनले स्थानीय विवादहरुमा मेलमिलापको आधारलाई महत्व दिएको हु“दा सोही विधिबाट मेलमिलाप गराउने प्रयास गर्दै आएका छौं । यही प्रयोजनको लागि नगरपालिकाको तर्फबाट प्रत्येक वडाका पुरुष र महिला गरी दुई÷दुई जनालाई मेलमिलापसम्वन्धी तालिम समेत दिएका छौं । जनप्रतिनिधि तथा सर्वसाधारणलाई सहभागी गराइएको तालिममा १५ वडाका ३० जना, नगरको न्यायिक समितिको ३ तथा महिला अधिकारकर्मी दुई जना गरी हामीले ३५ जनालाई तालिम प्रदान गरेका छौं । अब सोही तालिम प्राप्त व्यक्तिहरु सम्मिलित गरी हरेक वडामा मेलमिलाप केन्द्र गठन गर्ने तयारी गरेका छौं ।
न्याय सम्पादन तथा मेलमिलाप गराउ“दा आएका समस्या र चुनौतिहरु ?
त्यस्तो धेरै चुनौतिहरु देखिएको छैन । विवादको जड एकापट्टि भए पनि उजुरी अर्को ढंगले आउने गरेका छन् ।त्यो विवादको चुरो कुरा बुझेर मेलमिलापको माध्यमबाट नै प्राय ः मुद्दाहरुको समाधान गर्ने गरेका छौं ।
कार्यकालभरि केलाई प्राथमिकतामा राखेर कसरी काम गर्नुहुन्छ ?
मेरो कार्यकालमा नगरपालिकालाई चाहिने ‘नम्स’हरु पूरा गर्दै नगरलाई नमुना बनाउन लाग्नु छ । प्रतिस्पर्धात्मक समयमा जसले छिटो र गुणात्मक कार्य गर्न सक्छ उही सफल बन्छ भन्ने कुरा बुझेको छु । स्थानीय तह लामो समयसम्म जनप्रतिनिधिविहिन अवस्थामा रहेको कारण जनताको अपेक्षा धेरै छन् र आवश्यता पनि हो । तर मैले जहिले भन्ने गरेको छु कि सबै कुरा एकै चोटी सम्भब हु“दैन । क्रमशः गर्दै जाने छु । यसमा सबैको साथ आवश्यक छ । प्राथमिकताको कुरा गर्नु पर्दा समस्या धेरै छन् । त्यो मध्ये पनि हामीले निर्वाचनमा प्रतिबद्धता पत्र सार्वजानिक गरेका थियौं । त्यही विषयलाई नै प्राथमिकताको आधारमा पूरा गर्दै जाने छु । त्यसमा पनि अझ म एउटा महिला भएको नाताले सामाजिक न्याय सहितको समाज निर्माण गर्न आधारभूत तहबाट महिलाहरुलाई सशक्त बनाउने कार्यक्रमहरु ल्याउने छु । गाउ“का गरिव तथा सामान्य जीवनस्तर भएका महिलाहरुलाई माथि उठाउने प्रकारको कार्यक्रमहरु ल्याउने छु ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित