दूधकोसी जलविद्युत आयोजनाले डुवान हुने जग्गाको लगत निकालिदै

  • प्रकाशित मितिः बैशाख १०, २०७८
  • 940 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, बैशाख १०–दूधकोसी जलविद्युत आयोजनाबाट रावाबेसी गाउ“पालिका भित्र डुवान हुने जग्गाको लगत निकालिएको छ । खोटाङको रावाबेसी गाउ“पालिका–३ लामीडा“डा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउ“पालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाले डुबानमा पर्ने जग्गाको लगत निकालिएको हो ।
छ सय ३५ मेगावाट क्षमताको विद्युत दूधकोसी जलाशययुक्त जलविधुत आयोजनाबाट डुवानमा पर्ने खोटाङको रावाबेसी गाउ“पालिकाभित्रका जग्गाको श्रेस्ता उतारी सकिएको र ओखलढुङ्गाको चिसङ्खुगढी गाउ“पालिका र सोलुखुम्बुभित्रका जग्गाको श्रेस्ता उतारको काम भइरहेको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका उपनिर्देशक सिताराम प्रखाछेंले बताए ।
डुवानमा पर्ने जग्गालाई मुआव्जा दिएर अधिग्रहणका लागि जग्गाको लगत निकाल्नसुरु गरिएको हो । इआइए प्रतिवेदनमा तीन जिल्लाको एक हजार एक सय ५० घर धुरी डुवानबाट प्रभावित हुने उल्लेख गरिए पनि आयोेजनाबाट २४÷२५ सय घरधुरी प्रभावित हुने देखिएको आयोजनाका उपनिर्देशक प्रखाछेंले जनाए ।
दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले डुवान क्षेत्रका जग्गाधनीको नाममा जग्गाको श्रेस्ता कायमका लागि सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । आयोजनाको जलशायबाट डुवानमा पर्ने कतिपय स्थानीयको नाममा मालपोत कार्यालयमा जग्गाको श्रेष्ता कायम नदेखिएकाले श्रेष्ता कायम गर्न सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित