साप्सु खोलाको सडक पुल अन्तिम चरणमा

  • प्रकाशित मितिः वैशाख २, २०७८
  • 1696 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २–दिपु्रङ चुइचुम्मा गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिना म्याद बा“की रह“दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ याम्खा जोड्ने साप्सु खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।
४० मिटर लम्बाई भएको पुलको दुबैतर्फको पिलर ठडिएपछि ढलान तयारी अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज तथा एकाउन्टेन्ट हरिप्रसाद बरालले र हाल पुलको रड बा“ध्ने, फर्मा मिलाउने, टेको मिलाउने, टाईट गर्ने लगायतका काम भइरहेको छ । वैशाख पहिलो हप्ता पुल ढलान गर्नेगरी काम भईरहेको बरालले बताए ।
ढलान गरेको पुल सुक्न करिब महिना दिन लाग्ने बताइएको छ । ढलानका लागि आवश्यक गिटी र बालुवा तयारी अवस्थामा राखिएको छ । निर्माण कम्पनीले ढलानक्रममा लाग्ने करिब २ हजार ५ सय बोरा सिमेन्ट ढुवानी गरिरहेको जनाएको छ ।
सुर्य एन्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्टे«स बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । स्थानयि सडक पुल कार्यक्रम (एलआबिपी) को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउ“पालिकाका अध्यक्ष भुपेन्द्र राईले २०७६ साल असार ११ गते शिलान्यास गरेका थिए ।
साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको याम्खा, टेम्मा डाडागाउ“, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित