मझुवागढी क्षेत्रमा विकासले गति लिदै

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • 1589 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रलाई पर्यटन केन्द्र विन्दु रुपमा विस्तार गरेको छ । यसअन्तरगत मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती, बुद्धेगुफा लगायतका  धार्मिक पर्यटकीय क्षेत्र जाने प्रवेशद्वार निर्माणपछि मङ्गलबार उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले प्रवेशद्वारको उद्घाटन गरेका हुन् । 
नगरपालिकाको करिब २० लाख रुपैया“को लागतमा प्रवेशद्वार र ताक्किल निर्माण गरिएको हो । ताक्किलमा रेलिङ समेत बनाइएको छ । यसले मझुवागढी क्षेत्र जानेका लागि उत्साहित गरेको स्थानीयले बताएका छन् । 
त्यसो त दिक्तेल रुपाकोट मmभुवागढी नगरपालिकाले मझुवागढी देविथानको गुरुयोजना समेत निर्माण गरिसकेको छ । गुरुयोजनाकै आधारमा निर्माण काम पनि भइरहेको नगरप्रमुख रिजालले बताए । नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजारको नजिकै रहेको मझुवागढी क्षेत्र पर्यटकीय गन्तव्यको राम्रो सम्भावना भएकाले नगरपालिकाले यसको प्रबद्र्धनमा जोड दिएको छ । हिन्दू, किरात मार्गीका लागि यो क्षेत्र प्रशिद्ध मानिन्छ । गुरुयोजना अनुसार बौद्धमार्गीका लागि गुम्बा समेत बनाउने योजना भएकाले थप तीर्थालुको आगमन बढ्ने अपेक्षा गरिएको छ । कैलाशबाट झरेको दूधकोसी नदीमा स्नान गरी हलेसी आउने तीर्थालुले कालिका भगवतीको दर्शन नगरी तीर्थ अपूरो हुने भएकाले यसको विकासमा जोड दिनु पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित