आसलाग्दो उद्योग

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • 1981 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज ९–धेरै उद्योग आसलाग्दा हुदैनन् । कतिपय सञ्चालन नहुदै बन्द हुन्छन् भने कतिपय सञ्चालनपछि पनि बन्द हुने गरेको छ । तर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक के्रन्द्र दिक्तेलबजारमा सञ्चालन गरिएको बेकरी उद्योग भने आसलाग्दो देखिएको छ । 
बजारको राम्रो सम्भावनापछि उद्योगले फड्को मार्न सक्ने देखिन्छ । स्थानीय ५५ जना उद्यमीहरुले सञ्चालन गरेको उद्योगको बजार बढ्न थालेको मार्केटिङ अफिसर नवराज श्रेष्ठले बताए । उनका अनुसार हलेसी, अर्खौले, बुइपा, महुरे, नुनथला, हुर्लुङ, मुढे लगायतका ठाउ“हरुमा बजार विस्तार गरिएको छ । 
यसबाहेक अन्य पालिकाका केन्द्र तथा बजारहरुमा समेत बजारीकरण गर्ने लक्ष्य राखिएको श्रेष्ठले सुनाए । अहिले प्रतिदिन डेढ सय केजीदेखि दुई सय केजीसम्म विभिन्न प्रकारका परिकार उत्पादन हुने श्रेष्ठले बताए । यो उद्योगमा अहिले २१ जनाले रोजगारी पाएको श्रेष्ठले सुनाए ।
उद्योगका लागि शिद्धलक्ष्मी सहकारीले करोड ऋण उपलब्ध गराएको छ । यसबाहेक प्रतिशेयर सदस्य करिब दुई लाखको दरले लगानी गरेको श्रेष्ठले जनाए । 
बाहिरी जिल्लाबाट आयातित बेकरीलाई बिस्थापित गर्दै जिल्लाकै उत्पादनलाई बिस्तार गरेर आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएको सिद्धलक्ष्मी उद्योगका प्रबन्धक मनोज बजिमयले बताए । यो उद्योगका लागि कर छुटको व्यवस्था मिलाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘जिल्लाकै नमूना उद्योग भएको र यसमा धेरैजनाले रोजगारी पाउने भएकाले कर छुट गर्ने व्यवस्था मिलाइएको हो ।’ प्रमुख रिजालले भने–‘यस्ता नमूना उद्योगहरुलाई प्रोत्साहनका लागि पनि कर छुट गरिएको हो ।’ 
अत्याधुनिक उपकरण प्रयोग गरेर स्थापना गरिएको बेकरी उद्योग शनिबार नगर प्रमुख दीपनारायण रिजाल र जिल्ला न्यायधिस किशोर घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित