सविना अछामे–
खोटाङ, फागुन १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्डे«नपार्क निर्माणमा जुटेको छ । रत्नपार्कको प्रहरीबुथ, बालमन्दिर क्षेत्रमा सपिङ कम्प्लेक्स र चिल्डे«नपार्क निर्माण गर्ने भएको हो ।
मासिक ५ देखि ६ लाख राजस्व शुल्क उठाउने श्रोतका रुपमा विकास गर्ने गरी उक्त संरचना निर्माण गर्न लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्ययन मन्त्रालयसंगको साझेदारीमा उक्त संरचना निर्माण गर्ने नगरप्रमुख रिजालले सुनाए । तल्लो तलामा २३ कोठा र माथिल्लो तलामा २३ कोठा हुने सपिङ कम्प्लेक्स तथा चिल्डे«नपार्क निर्माणका लागि नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्ययन मन्त्रालयसंग सम्झौता गरेको छ । आगामि २०७९ साल फागुन मसान्तसम्ममा तीन करोड ९६ लाखमा पूरा गर्ने गरी सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण प्रक्रिया बढाइएको हो । यसका लागि योजनामा मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको एक करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ । तल्लो सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज संकलन केन्द्र लगायतका स्टल राखेर अन्य कोठा भाडामा दिने लक्ष्य राखिएको नगरप्रमुख रिजालको भनाई छ ।
माथिल्लो तलाका सटरमा खाजा घर संचालन गरिने छ । सपिङ कम्प्लेक्सको बीचमा बालउद्यान निर्माण गरिने छ । दुबै तलामा २३÷२३ वटा सटर हुने छ । यसमध्ये केही सटरमा नगरपालिकाकै कोसेली घर, कृषि उपज संकलन केन्द्र जस्ता स्टल संचालन गरिने छ । बा“की रहेका कोठा भाडामा दिइने छ । नगरपालिका र पर्यटन मन्त्रालय बीचमा पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम गर्ने, पालिकाले खरिद प्रकृया सम्पन्न गरी ठेक्का सम्झौता भए पश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने विद्युतीय खरिद प्रक्रिया मार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्वन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतीका आधारमा निकासा गर्ने सम्झौता भएको छ ।
मन्त्रालयको गत भदौ २ गतेको सुचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्री स्तरको माघ २९ गतेको निणर्य अनुसार साझेदारी आयोजनाका रुपमा सपिङ कम्प्लेक्स तथा चिल्डे«न पार्क छनौट भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित