नेपाली कांग्रेस : विरोध नीति

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • 2903 पटक पढिएको
  • संवादताता

केशवराज कार्की-
राजनीति व्यक्ति, परिवार समाज र सम्रग मुलुकका लागि अपरिहार्य विषय हो । पञ्चायती राजनीतिले समाज र मुलुकका लागि विकास र समृद्घिलाई प्राथमिकता नदिएर निश्चित परिवार गुट र समूहको सा“गुरो स्वार्थलाई ध्यान दिदै आम नागरिकका हक–अधिकार स्वतन्त्रता र स्वाभिमानमाथि बन्देज लगाउ“ने कामरा लागि राज्य शक्तिको दूरुपयोग ग¥यो पञ्चायति एक दलीय तानाशाही व्यवस्थालाई उखेलेर जनता र राष्ट्रहित गर्ने लोकतान्त्रिक व्यवस्था स्थापना गर्न देशभक्त, जनप्रेमी, चेतनशील धेरै नेपाली नागरिकले जीवन उत्सर्ग समेत गरे । कठोर भूमिगत राजनीति मार्फत जनताहरुलाई संगठित गर्ने कामको दर्बियानमा कैयन नेताहरुले पञ्चायती काल कोठरीमा सकसपूर्ण जेलयातनाका दर्जनौ वर्षहरु व्यतित गरे भने झुटा मुद्दाको फसादमा हजारौ नागरिकहरु फसाइए । नानाथरि लाञ्छनाले आरोपित गर्दै स्वाभिमान र क्रान्तिकारी नागरिकहरुलाई राष्ट्रदोही घोषणा गर्ने, उनीहरुलाई अनेक बाहानाबाजीमा दमन गर्ने नीति अख्तियार गर्दै पञ्चायती हिमायतीहरुले आºनो कुशासनको आयु लम्ब्याउ“ने अनेक दुष्प्रयास नगरेका होइनन् । तर समय प्रवाह र चेतनाको बहाबसंगै नेपाली नागरिकमा पलाएको राष्ट्रप्रेम लोकतन्त्रप्रतिको आस्था र विधिको शासनमा विश्वास र समृद्धिको चाहनासंगै विश्वसामु स्वाभिमानको आकाङ्क्षाका कारण आम मुलुकबासीको गर्बिलो आनदोलनसामु निरङ्कुस तानाशाही व्यवस्था बालुवाको घरझै ढल्यो । 
कुनै पनि व्यवस्था नामका कारण हैन प्रवृति, प्रक्रिया र कामका कारण जनताले स्वीकार वा इन्कार गर्दछन् । पञ्चायती तानाशाही व्यवस्था ढलेर प्रजातन्त्रको पुनःस्थापना भयो । व्यवस्थाको नाम फेरियो तर प्रक्रिया, प्रबृति र काममा खासै परिवर्तन भएको अनुभूति भएन । नेताहरुमा तानाशाही राजाकोझै चरित्रमा देखिएको प्रवृतिले ‘बाघले खाए पनि, भीरबाट लडे पनि किलो रित्तै’ भने झै जनताहरु उही अवस्थामै निरास हुन थाले । स्वाभिमान नेपाली जनता सिघ्ररुपमा विकल्प हो खोजीमा तल्लीन रहे । गणतन्त्र आयो, लोकतन्त्र आयो । सङ्घीय लोकतान्त्रिक संविधान जारी भयो । अनेक उत्तारचढाब, आन्तरिक एबम् बाह्य हस्तक्षेपकारी षडयन्त्रको माखे साङलोले जेलिएर कतिपय दलहरु जनउत्तरदायी हुन सकेनन् । राष्ट्रियता र लोकतन्त्रका सच्चा पहरेदार नेपाली जनताहरु अनेक दुःख सास्ती सह“दै देशमा स्थायित्व, सुशासन र समृद्घिका लागि डटेर सहभागी हु“दै स्थानीय, प्रादेशिक र सङघीय निर्वाचन सम्पन्न गराउ“न सफल भए । संविधान, निर्वाचनको विशेषता अनुरुप दलहरुले विजेताका रुपमा मुलुकको शासन सञ्चालन गर्ने र उपविजेताले प्रतिपक्षका रुपमा स्वस्थ एबम् रचनात्मक भूमिकामा जनचाहानालाई संवोधन गर्दै प्रभावकारी तथा सुसंस्कृत राजनीतिक धर्म पालना गर्नु पर्ने हो । स्वभावतः निर्वाचन परिणामले नेपाली कांग्रेस पार्टीलाई प्रमुख प्रतिपक्षीको भूमिकाका लागि जनादेश प्राप्त भएको हो । लोकतन्त्र प्राप्तिको लामो इतिहास निर्माण गरेको पार्टीले प्रतिपक्षी भूमिकाको व्यवहारबाट नमूना पाठको दृष्टानतलाई सवैले अपेक्षा गर्नु स्वभाविकै हो ।
मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रसले आफू भित्र पलाएका दुर्बलता र सवलतालाई पहिचान गरी छुटयाउन असमर्थ झै देखिएको छ । आफ्ना नीति, विचार र आदर्शको किञ्चित ख्यालै नगरी विरोध नीतिलाई अंगाल्न पुगेको देखिन्छ । यतिबेला नेपाली कांग्रेस पार्टी आफ्नो संगठन सुदृढीकरण र सवलीकरण गर्ने मनस्थितिमा देखिदैन । बरु सरकारले गरेका कमिकमजोरीको पर्खाइमा व्याकुल भएर रहेको देखिन्छ । आखिर मुलुकको सङ्घीय संरचना अनुरुप जुन सुकै दल पनि धेर–थोर, स्थानीय, प्रादेशिक र सङ्घीय सरकारमा अवस्य पनि सहभागी भएका छन् । यी तीनै तहका सरकारमा कहि“ सत्तापक्ष र कहि“ प्रतिपक्षको भूमिकामा रहेका दलहरुले होसियार पूर्वक आफ्नो भूमिका निर्वाह गर्नु पर्ने हो । प्रतिपक्ष भन्नासाथ हुबहु बिरोध मात्र गर्नु पर्ने भन्ने अवस्य होइन । आफू सरकारमा भएको सहभागितालाई नमूना शासन व्यवस्थाको झलक देखाउ“दै प्रतिपक्ष भएको सरकारमा रचनात्मक सुझाब, सहयोग र सहभागिता देखाउनु पर्ने हो । नेपालका ७५३ स्थानीय सरकारको उल्लेखनीय संख्यामा नेपाली कांग्रेस पार्टीले सरकार सञ्चालन गर्दैछ । देशका दूरदराजसम्म छरिएर रहेका सरकारहरु समन्वयित भएर एकलौटी साथ वा मनपरी ढङ्गले कसरी सञ्चालन भइरहेछन् ? भन्ने बारे सबैको ध्यान गएको छ कि छैन ? ती स्थानीय सरकारको स्थिति अवस्थाप्रति ध्यानाकर्षण हुने नहुने वा तिनले गरेको सकारात्मक–नकारात्मक कामको अपनत्व लिने नलिने बारे ध्यान नदिइ देशका खास–खास वा प्रमुख शहर बजारमा मात्र बिरोध कार्यक्रम संचालन गर्दै सञ्चार माध्यमबाट अरुहरुलाई अर्ति उपदेश दिदै चर्को र क्रान्तिकारी कुरा गर्दा ‘आफ्नो जिउको भैसी नदेख्नेले अरुको जिउमा जुम्रा देख्ने’ उखानको चरितार्थ हुने छ । 
आज जनता कुनै राजनीतिक परिवर्तन, सत्ता परिवर्तन वा सरकार परिवर्तन होइन, शान्ति, समृद्धि, विकास र सुशासन चाहन्छन् । देशप्रेम र जनभावना बुझ्ने इमान्दार नेतृत्वले इमान्दार भएर सत्तापक्ष र प्रतिपक्षको लक्ष्मण रेखा मेटाउदै राष्ट्र निर्माणको एकीकृत अभियानमा जुट्नु पर्ने छ । मुलुकभर रहेका उर्जाशील कार्यकर्ता परिचालन गरी जनसेवाको भावनाले समर्पित गराउ“दै संगठित गर्नु अपरिहार्य छ । स्वयममा लाञ्छित गुटवाद, द्रब्यवाद, परिवारवाद, व्यक्तिगत हैकमवाद, आत्मघात र अन्तरघातजस्ता अपसंस्कृतिलाई पर्दाफास गर्दै सिद्धान्त, नीति, आदर्श, संस्कार र संस्कृतिले परिस्कृत गरी आम पार्टी जीवनलाई लोकतान्त्रिक समाजवादको गन्तव्यतिर विश्वास र जागरण साथ परिचालन गर्नु पर्ने छ । साझा विषयमा एकताबद्ध हुदै मुलुकको उन्नयनमा हातेमालो गर्दै लोकतन्त्रको प्रगतिशील संस्कार निर्माण गर्न उदाहरण बन्नु पर्ने हो । राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका कतिपय गौरव र स्वाभिमान मुखरित अन्तरवस्तुमा राष्ट्रिय अवधारणाका लागि पहल कदमी हुनु पर्छ । राष्ट्रिय साझा नीति निर्माण गर्दै नेपाली जनताको विश्वास र भरोषा पाएका सबै राजनीतिक दलहरुप्रति सम्मान र हार्दिकताको भावनाले सत्तापक्ष वा प्रतिपक्षको भूमिकामा भरोसा, विश्वास र प्रेमभावले प्रस्तुत हुनु राम्रो हो । लामो इतिहासको गौरवगाथाको बासी गीत घन्काएर वर्तमानमा भने अरुप्रति कटुता, विरोध र आलोचनालाई नै नीति बनाएर प्रस्तुत हुदा जनभावनामा द्वुविधा र दिग्भ्रम सिर्जना हुन्छ ।
त्याग र समर्पणले खरिएको नेतृत्वले ‘जगत भलो त आफू भलो’ भन्ने भनाईलाई आत्मसात्गरी व्यक्ति, परिवार, नतागोता र गुटबन्दीको स्वार्थ भन्दा माथि उठेर आम नागरिक र राष्ट्रप्रेमले ओतप्रोत विचारले राजनीति धान्न सक्नु पर्छ । मुलुकको समस्या भनेको आज जनताले भोगेको समस्या हो । विकास र समृद्धि पनि आजकै मुलुकबासीका लागि हो । आगामी पुस्ताका लागि हो । राणाकालीन बहादुरी कथा, पञ्चायतकालीन पराक्रमका गाथा वा बाबुबाजेले लडेको विश्व इतिहासले मात्र वर्तमान मुलुकबासीको समस्या समाधान हुन सक्दैन । आज ‘गफ गर्ने हात्ती होइन काम गर्ने कमिलोको’ खा“चो हो ।
आज नेपाली कांग्रेस पार्टी भित्र मौलाई रहेको गुट, फुट, अन्तरघात, आत्मघात र स्वार्थन्धताजस्ता रोगहरुको शल्यक्रिया गर्नु पहिलो काम हो । अपाm्नै शासनकालमा सुरु भएका भनिएका भ्रष्ट्राचार, कालाबजार, तस्करीजस्ता बेथिति र अपसंस्कृतिरुपी कुशासनका डरलाग्दो अपजसबाट मुक्त हुदै पार्टी जीवन, सुस्वास्थ्य निर्माणसंगै राज्य संयन्त्र परिस्कृत गर्नु ज्वलन्त कार्य हो । आफ्ना सिद्धान्त, विचार र मर्यादालाई पुनस्थापित गरी मुलुकमा लोकतन्त्रको नमूना प्रस्तुत गर्नु अहम् जिम्मेवारी हो । अरुलाई उपदेश दिदै यावत् विषयमा विरोधको आ“खाले मात्र हेर्दैमा न त लोकतन्त्रको सुदृढ हुन्छ न त जनताले खोजेको समृद्धि र विकास प्राप्त हुन्छ । आफ्ना बाचा र कबोल पूरा गर्न काम गरेर देखाउ“न सक्नु पर्दछ । आफूमा अन्तरनिहीत कमजोरी ढाकछोप गरेर हैन, खुला दिलले हटाएर मुलुकले मागेको शान्ति, विकास र सुशासन प्राप्त गर्न लोकतन्त्रिक समाजवादी सिद्धान्तलाई जीवनशैली र अनुशासनको कडी बनाउदै राष्ट्रियताको जीवन्त जीवन जिउने नेपाली जनताको विश्वास जितन सक्नु पर्दछ ।
लेखक नेपाली कांग्रेस खोटाङ, महासमिति सदस्य हुन् ।
प्रकाशित मिति २०७५ असोज ९

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित