नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३१–हलेसी तुवाचुङ नगरपालिकामा किसानलाई बङ्गुरको पाठा वितरण गरिएको छ । नगरपालिकालाई मासुमा आत्म निर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरिएको हो ।
उक्त नगरपालिकाको वडा नं २ डिकुवाका २ जना, ३ च्यास्मिटारका १८ जना, ४ बडहरेका ७ जना, ५ दुर्छिमका ३१ जना, ६ मङ्गलटारका ६ जना, ७ हलेसीमहादेवस्थानका १३ जना, ८ धितुङका ९ जना, ९ सल्लेका ५ जना, १० अर्खौलेका ६ र ११ राजापानीका ३ जना गरी एक सय जना किसानलाई एउटाका दरले जेठ २९ गते ल्यान्ड्रेस, हेमसायर, ड्युरोक जातको पाठा–पाठी वितरण गरिएको हो ।
कोशी प्रदेश सरकारको बङ्गुर प्रबद्र्धन कार्यक्रम अन्तरगत प्रदेश सरकारको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानी हुनु पर्नेमा किसानले खप्नु पर्ने ५० प्रतिशत रकम भने नगरपालिकाले ब्यहोरेको पशु विकास अधिकृत पशुचिकित्सक अंकितकुमार साहले बताएका छन् । गत वर्ष पनि उक्त नगरपालिकामा एक सय वटा उन्नत जातको बङ्गुरको पाठा–पाठी वितरण गरिएको थियो । पोहोर साल वितरण गरिएको पाठा–पाठीले राम्रो आम्दानी दिएको साहले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित