सविना अछामे–
खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास समिति खोटाङका निवर्तमान अध्यक्ष रमेश राई 'महेश' र कार्यालय प्रमुख लीलाभक्त केसीले पेश्की वापत निकासा गरेको रकम तीन दिनभित्र जम्मा गर्ने बताएका छन् । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार रूपैया पेश्की निकासा गरी अपचलन गरेको रकम ३ दिनभित्र फिर्ता गरेर त्यसको भौचर उपलब्ध गराउने समेत राईले बताएका हुन् ।
राई र केसीको मिलेमतोमा कृषि विकास बैंकमा रहेको खाताबाट निकासा गरी अपचलन गरेको खेलाडीहरूले गुनासो गरेका छन् । उक्त रकम विभिन्न समय निकासा भएको देखिन्छ । २०८१ माघ १९ गते ३८ हजार, चैत ११ गते एक लाख २५ हजार, चैत ३१ गते ४ लाख २० हजार, २०८२ बैशाख २३ गते १० हजार, २०८२ साउन ११ गते ४३ हजार र २०८२ माघ ११ गते ४० हजार गरी ६ लाख ७६ हजार निकासा भएको देखिन्छ । यसमध्ये ६ लाख ५६ हजार निवर्तमान अध्यक्ष राईले पेश्की वापत लिएको कार्यालय प्रमुख लीलाभक्त केसीले बताएका छन् ।
अन्य २० हजार मसलन्दमा खर्च भएको केसीले बताएका छन् । अन्य एक लाख ४४ हजार भने २०८१ असारमा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको केसीले जनाएका छन् । गलत नियतले निकासा नगरेको उल्लेख गर्दै जिल्ला खेलकुद विकास समिति खोटाङको खातामा जम्मा हुने साथ प्रदेश खेलकुद विकास बोर्डलाई फिर्ता गर्ने समेत केसीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २२–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित