नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३०–किराती समुदायको यो वर्षको उभौली साकेला सिली मैझारो भएको छ । किरात यले सम्वत ५०८६ को अवसरमा जेठ ३० गते दिक्तेल माटिकोरे खेलमैदानमा साकेला सिली प्रदर्शनी कार्यक्रम आयोजना गरी यो वर्षको साकेला सिली मैझारो गरिएको हो ।
बैशाखे पूर्णिमादेखि उभौली साकेला सुरु हुन्छ । करिब एक महिनासम्म प्रकृतिको पूजा आराधना गरी उभौली साकेला मैझारो गरिन्छ । जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने बेला उभौली मनाउने चलन छ । यतिखेर बाली–नाली लगाउने बेला भएकाले खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आई नपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन रहेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताएका छन् ।
त्यस्तै मङ्सिरे पूर्णीमा बेला उधौली साकेला सिली नाँच्ने गरिन्छ । उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मङ्सिरे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको किरातको भनाइ छ । किराती समुदायले उभौली र उधौलीमा गरी दुई चोटी साकेला सिली नाँच्ने गर्दछन् । साकेलामा आफन्तजनसंग भेटघाट र दुःख सुख साटासाट गर्ने चलन छ ।
साकेला सिलीमा जीवनमा आइपर्ने सम्पूर्ण गतिविधिहरू प्रस्तुत गरिन्छ । साकेला सिलीमा जीवन भोगाइका चरणहरू प्रस्तुत गरिने भएकाले यसमा जीवन दर्शनको ऐना देखिने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । यसका साथै साकेला सिलीमा किरात मात्र होइन, गैर किरात समेत सहभागी हुने भएकाले सामाजिक एकता, जातीय सहिष्णुता र भाइचाराको विकास गर्ने समृद्ध संस्कृतिको रूपमा विकास हुदै गएको राईको भनाइ छ । किरात राई यायोक्खा खोटाङ र किरात सेवा समाज दिक्तेलले उक्त साकेला सिली आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित